अछाम भाद्र ०६ ।
बाढी तथा पहिरो सम्बन्धी कृत्रिम नमुना अभ्यास कार्यक्रम तुर्माखाद गाउँपालिका को वडा नं १ र २ मा सम्पन्न भएको छ । वडा स्तरीय विपद व्यवस्थापन समिति र सामुदायिक विपद व्यवस्थापन समिति का कार्यदलहरूको सहभागितामा कृत्रिम घटनामा आधारित बाढी र पहिरो सम्बन्धी नमुना अभ्यास तुर्माखाद गाउँपालिका को १ रहफ र २ भुलु मा सम्पन्न गरिएको हो । कार्यक्रमको औपचारिक रुपले उद्घाटन गरिएको थियोे । कार्यक्रमको उद्घाटन वार्ड नं १ मा वडा सदस्य पूर्णबहादुर शाही वार्ड नं २मा वडा अध्यक्ष नरेन्द्र बहादुर शाही ले गर्नुभएको थियो। वडा नम्बर १ र २ मा सञ्चालन गरिएको नमुना अभ्यास कार्यक्रममा करिब ९५ जनाको सहभागिता रहेको थियो। यस कार्यक्रमको मुख्य उद्देश्य बाढी पहिरो को जोखिममा रहेका समुदायको पूर्व सूचना प्रणाली प्रवधन र पूर्व तयारी तथा प्रतिकार्य क्षमताको पहिचान गर्ने सुधार गर्ने रहेको छ। यसका साथै विपत् प्रतिकार्य क्षमतामा देखिएका सबल पक्षको संस्थागत गर्ने र विद्यमान सुधार गर्नुपर्ने पक्षलाई प्रवर्धन गर्ने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। उक्त कार्यक्रमलाई वाक नेपाल र वल्र्ड भिजन ईन्टरनेशनल नेपालको संयुक्त साझदारीमा सञ्चालित सिबिडिआरआर परियोजनाको सहजीकरणमा सञ्चालन गरिएको थियो। कार्यक्रमको सञ्चालन सिबिडिआरआर परियोजनाका सामाजिक परिचालक निरक सुनारले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण प्रशिक्षक प्रेम बहादुर लुहार ले गर्नुभएको थियो कार्यक्रम यही भाद्र ५ र ६ गते सञ्चालन भएको थियो। कार्यक्रममा बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप घटे पश्चात् कसरी खोज तथा उद्वार गर्ने भन्ने बिषयमा कृतिम अभ्यास गरिएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय