
कमलबजार, भदौ ०७ ।
अछामको कमलबजार नगरपालिका वडा नं ५ कुईकामा १५ जना जेष्ठ नागरिक लाई वडामै नागरिकता वितरण गरिएको छ ।
१५ जना जेष्ट नागरिकहरुलाई जिल्ला प्रशासन कार्यालयको टोली सहित बुवाको मुख हेर्ने दिनको अवसर पारी गाउँमै जेष्ठ नागरिक आमाबुवालाई नयाँ नागरिकता वितरण गरिएको वडा सत्यराज तिमिल्सैनाले कमलबजार दैनिक डटकम लाई जानकारी दिनु भयो । घरआगनमै नागरिकता प्रमाणपत्र प्राप्त गरेकोले गर्दा जेष्ठ नागरिक खुसी भएका छन र वडा सरकार र जिल्ला प्रशासन कार्यालय लाई धन्यवाद दिएका छन ।