
World vision International नेपालको सहयोग आस्था नेपाल र वाक् नेपालको सहजीकरणमा कमलबजार नगरपालिकाको साझेदारी तथा समन्वयमा वार्ड नम्बर २,३,४, र ५ मा सञ्चालित बाल संरक्षण तथा बाल स्पोन्सरसीप परियोजना र एकिकृत जीविकोपार्जन पोषण परियोजनाले सञ्चालन गरेको २०२१ देखि २०२५ को रणनितीक साइकलको क्रियाकलापको समीक्षा तथा उपलब्धि स्थानिय सरकार लाई हस्तान्तरण कार्यक्रम कमलबजार मा सम्पन्न । वाक् नेपाल कार्यसमिति सचिव शुरत बहादुर खड्का को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नगर उप प्रमुख शारदा कुवँर रहनु भएको कार्यक्रमको अतिथि वाड नं १ का अध्यक्ष भक्त बोहोरा ४ का अध्यक्ष मिन बहादुर साउँद ५ का अध्यक्ष सत्यराज तिमिल्सेना ७ का अध्यक्ष नृप बहादुर बोहोरा ९ का अध्यक्ष कमल प्रसाद बजगाईं नी प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर शाही इलाका प्रहरि कार्यालय प्रमुख हर्ष बहादुर चन्द योजना शाखा प्रमुख खडक विष्ट लगायत विषयगत शाखा प्रमुख रहनु भएको कार्यक्रममा प्रतकार पवित्रा खड्का वर्ल्ड भिजन इन्टरनेशन नेपालका जिल्ला संयोजक मिन बहादुर थापा आस्था नेपाल कार्यसमिति कोषाध्यक्ष लक्षमण विष्ट परियोजना सयोजक गणेश प्रसाद बोहोरा अनुगमन अधिकृत हर्क खड्का वाक् नेपाल कार्यक्रम अधिकृत आरती कुवँर सेफ ग्रल परिजना अधिकृत दीपा बम लगायत आस्था र वाक् नेपालका कर्मचारीहरु नगर बाल सञ्जाल अध्यक्ष डीग्रा बजगाईं को उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको थियो । आस्था नेपाल कार्यसमिति कोषाध्यक्ष को स्वागत मन्तव्य बाट शुरू भएको कार्यक्रममा वल्ड भिजन इन्टरनेशनल नेपाल अछाम जिल्ला संयोजक मिन बहादुर थापा ले कार्यक्रमको उद्देश्य जानकारी गराउनु भएको कार्यक्रममा आस्था र वाक् ले पाँच वर्षमा यस पालिकामा गरेको कामको ग्यालरी प्रस्तुतिकरण गरिएको थियो । परियोजनाले गरेको कामको प्रस्तुतिकरण संगै सरोकारवाला निकाय संग सुझाब सल्लाह संगै अन्तरक्रिया कार्यक्रम गरिएको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा साझेदार संस्थाले गरेको कामको साच्चिकै नमुना योग्य रहेको कुरा सहभागीले गर्नु भएको थियो भने आगामी दिनमा यस कार्यक्रमलाई निरन्तर गर्दिन आग्रह गर्नु भएको छ । कार्यक्रलाई आउने दिनमा कसरी दिगो बनाउने यसको लागि स्थानिय सरकार सबैले लाग्न पर्ने कुरामा जोड दिएको थियो भने परियोजना ले आउने दिनमा अझ थप काम लाई प्रभावकारी बनाउन बाल मैत्री स्थानिय शासन अवलम्बन पोषण मैत्री लगायतका कामलाई प्राथामिकतामा राखेर आगाडि बढ्ने र सोही कार्यक्रममा स्थानीय सरकारले बजेट साझेदारी गरेर थप परिमाण मुखी बनाएर अगाडि बढ्ने कुरामा लाग्नु पर्ने बताएका छन । वडा अध्यक्ष विषयगत शाखा प्रमुख नी प्रमुख प्रशासकीय अधिकृत लगायत नगर उप प्रमुखले साझेदार संस्थाले हाम्रो पालिकामा प्रशंसा गर्न लायक काम गरेकोमा संस्थालाई धन्यबाद दिनु भएको छ भने यो कार्यक्रमलाई निरन्तर गर्न पालिकाले पनि यस्तो कार्यक्रममा बजेट व्यवस्थापन गरी आउने दिनमा कार्यक्रममा साझेदारी गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । परियोजनाले पाँच वर्षमा सञ्चालन गरेको मुख्य उपलब्धि लाई स्थानीय सरकारलाई हस्तान्तरण गरेका छन् । साझेदार संस्थाले गरेको कामको उच्च मूल्याङ्कन गर्दै पालिकाले मायाको चिनो सहित सम्मान सहित समीक्षा कार्यक्रमको समापन गरिएको छ । उक्त कार्यक्रमको सञ्चालन आस्था नेपाल का फिल्ड अधिकृत दिल बहादुर शाही ले गर्नु भएको थियो ।