दैनिक समाचारदाता

कमलबजार, असोज २८ ।

कमलबजार नगरपालिकामा सामाजिक क्षेत्र विकास निर्देशिक तथा समन्वय समितिको प्रथम बैठक २०८२ सोमबार सम्पन्न भएको छ। बैठक नगरपालिकाको सभा हलमा सम्पन्न भएको हो।

कार्यक्रमको आयोजन कमलबजार नगरपालिका र समन्वय CMC Nepal (समाविकास नेपाल) द्वारा गरिएको थियो। बैठकमा सामाजिक विकाससँग सम्बन्धित विभिन्न निकाय, संस्थाका प्रतिनिधिहरू, जनप्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो।

बैठकमा सामाजिक क्षेत्रका नीति, योजना र कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, स्थानीय तहमा विकासका प्राथमिकता र विभिन्न निकायबीचको सहकार्यबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, सामाजिक न्याय तथा समावेशीताको क्षेत्रमा संयुक्त प्रयास गर्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रमले सामाजिक विकासका क्षेत्रमा संस्थागत समन्वय र साझा दृष्टिकोण बनाउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गरिएको थियो। बैठकको अन्त्यमा आगामी योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम समापन गरिएको थियो। कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकालको अध्यक्षतामा भएको बैठकमा अछामका १० वटै पालिकाका प्रतिनिधिहरु सहभागी रहेका थिए। बैठकको सञ्चालन कमलबजार नगरपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर शाहीले गर्नुभएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय