असोज ३०,

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि.ले सेवाग्राही सदस्यको परिवारलाई बिमा दाबी रकम भुक्तान गरेको छ ।
वित्तीय संस्थाको राजापुर शाखा अन्तगरत केन्द्र सदस्य प्रदेशनी थरुनीको कालगतीका कारण निधन भए पश्चात निजको श्रीमान रुइना थारुलाई बिमा बाफतको रकम हस्तान्तरण गरेको हो ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका कार्यकारी निर्देशक तथा लघुबित्त बिज्ञ डा. गोपाल दहितका अनुसार सदस्यको अथवा श्रीमान संगै ग्यारेन्टरको मृत्युमा समेत ऋण मिनाह संगै सुबिधा दिने गरेको बताए ।
सामाजिक अभियन्ता डा. दहितले आज एक कार्यक्रमको आयोजना गरि युनिक नेपाल वित्तीय संस्था लि राजापुर शाखाले कर्जा बीमा वापतको राहत सुविधा रकम रु. १ लाख ४९ हजार चालिस रुपैयाँ भुक्तानी गरिएको बताए ।
पुर्व मन्त्री समेत रहेका दहितले युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड दुख र सुख दुबैमा साथ सहयोग तथा सेवाग्राही मुखी समेत रहेको बताए ।

उनले सदस्यको कालगतिले मृत्यु भएको हुदा निजको आश्रित परिवारलाई नगद राहत उपलब्ध गराउनुको साथै तिर्न बाँकी कर्जा तिर्न नपर्ने बताए ।
राहत सुविधा रकम बर्दियाको राजापुर नगरपालिका वडा नं १ का वडा अध्यक्ष बाबुराम दहित त्यसै गरि वडा सदस्य तिलक बडवाल मार्फत संयुक्त रुपमा हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष दहितले युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले गरिब तथा विपन्न वर्गका परिवारहरुको आर्थिक तथा सामाजिक विकासमा युनिक संस्थाले योगदान पु¥याएको बताए । साथै युनिक नेपालले ग्राहक संरक्षणमा गरिरहेका कार्यहरुको प्रशंसा समेत गरे ।
त्यसै गरी कार्यक्रममा बोल्दै राजापुर नगरपालिका वडा नं १ का वडा सदस्य तिलक बडवालले ठुलो ऋण रकम लिई ब्यवसाय गर्छौ तर भोली के हुन्छ भनी एकिन नभएकोले हरेकले हरेक ऋणको बिमा गर्नु पर्ने र भबिष्यको जोखिमलाई न्युनिकरण गर्नुपर्ने बताए ।

उक्त कार्यक्रममा बोल्दै युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय राजापुर बर्दियाका शाखा प्रबन्धक निर्मल रैकाले समुह सदस्य प्रदेशनी थारुनीको निधनमा दुख ब्यक्त गरे ।




