लैङ्गिक हिंसा न्यूनीकरण सञ्जालका महिलाहरूलाई लैङ्गिक हिंसा न्यूनीकरण सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम कमलबजारमा सम्पन्न भएको छ। CMC नेपालको आयोजना तथा कमलबजार नगरपालिकाको समन्वयमा भएको कार्यक्रम मा विभिन्न निर्णयहरू गरिएका छन्। कार्यक्रममा महिलामाथि हुने विभिन्न प्रकारका हिंसाको अन्त्यका लागि सचेतना फैलाउने उद्देश्य राखिएको थियो। सहभागीहरूले समाजमा विद्यमान लैङ्गिक असमानता र हिंसा अन्त्यका लागि सामूहिक प्रयास आवश्यक रहेको धारणा व्यक्त गरे ।
लैङ्गिक हिंसा न्यूनीकरण सञ्जालका अध्यक्ष मोतीसरा भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कमलबजार नगरपालिकाका उपप्रमुख शारदा बिष्ट तथा सम्पूर्ण लैङ्गिक हिंसा न्यूनीकरण सञ्जालका सम्पूर्ण महिलाहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका अध्यक्ष मोतिसरा भण्डारीले लैङ्गिक हिंसा नियन्त्रणका लागि समुदायस्तरबाटै सचेतना आवश्यक रहेको बताए। कमलबजार नगरपालिकाका नगर उपप्रमुख शारदा बिष्टले महिलाको अधिकार र सम्मान सुनिश्चित गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिइन्।
यस्तैकार्यक्रममा CMC नेपालका मनोसामाजिक परामर्शकर्ताले पार्वती बोहराले समाजमा हुने लैङ्गिक हिंसाका घटनाहरू केवल व्यक्तिगत समस्या नभई सामुदायिक चुनौती पनि भएको उल्लेख गर्दै यस्ता समस्याको समाधानका लागि सबैको साझा प्रयास आवश्यक रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय