प्रवासमा रहेका सदस्यहरूको सक्रियतामा संजालमार्फत विभिन्न सामाजिक गतिविधिहरू सञ्चालन भइरहेका छन्। त्यसै क्रममा “अँध्यारोबाट उज्यालोतर्फ” अभियान अन्तर्गत खुशी बाँड्ने उद्देश्यले कमलबजार नगरपालिकाका १० परिवारलाई खाद्यान्न वितरण गरिएको छ।
दिपावली लक्षित विशेष कार्यक्रमका रूपमा पहिलो चरणमा कमलबजार नगरपालिकाका १० वटै वडाबाट अध्ययनका विभिन्न सूचकका आधारमा १–१ जना लाभार्थी छनोट गरिएको थियो। आज सम्पन्न एक छोटो कार्यक्रममार्फत देउडा कलाकार तथा ज्योतिष खगेन्द्र उपाध्याय , समाजसेवी डम्बर थापा , कर्ण बिष्ट लगायतको संयोजनमा भारतबाट पठाइएको रकम प्रयोग गरी ती परिवारहरूलाई खाद्यान्न सामग्री वितरण गरिएको छ।
Active Youth Team Kamalbazar, Achham श्रोत : बालाराम ढकाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय