अछाम माघ ०६ ।
दुई वटा निर्वाचन क्षेत्र रहेको अछाम जिल्लामा फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि विभिन्न पार्टीका उम्मेदवारले मनोनयन दर्ता गेरका छन । निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेस बाट भरत कुमार स्वार, नेकपा एमाले बाट दिपक साउद तरंग , नेपाली कम्युनिस्ट पार्टी बाट डा. भिम रावलले उम्मेदवारी दर्ता गराएका छन भने राष्ट्रिय स्वतन्त्र पार्टी बाट ओम प्रकाश रावलले उम्मेदवारी दर्ता गराएका छन ।
अछाम निर्वाचन क्षेत्र नं २ मा नेपाली काँग्रेस बाट पुष्प बहादुर शाह, नेकपा एमाले बाट यज्ञ बहादुर बोगटी, नेपाली कम्युनिस्ट पार्टी बाट बल बहादुर कुँवर, राष्ट्रिय स्वतन्त्र पार्टी बाट भुपदेव शाह, नेपाल कम्युनिस्ट पार्टी (माओवादी ) बाट शेर बहादुर बिक(दर्शन) र नेपाल मजदुर किसान पार्टी बाट झंकर बहादुर शाही लगायतले उम्मेदवारी दर्ता गराएका छन । यसै विच प्रतिनिधि सभा निर्वाचनमा अछाम क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट नेपाली कांग्रेसका नेता बल बहादुर कुवर उम्मेदवार बन्ने भएका छन्। नेकपाका नेता शरदसिंह भण्डारीले दिएको जानकारी अनुसार कुवरले तारा चुनाव चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका हुन्। कुवर लामो समयदेखि राजनीतिसँगै सार्वजनिक तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित छन्।राजनीतिक यात्रामा कुवर २०४९ सालमा नेपाली कांग्रेसबाट ढकारी गाविस वडा नम्बर १ को अध्यक्ष पदमा निर्वाचित भएका थिए। सोही वर्ष उनी नेपाली कांग्रेसकै तर्फबाट जिल्ला विकास समिति सदस्य (क्षेत्रपाल) पदमा उम्मेदवार बने पनि चिट्ठा प्रक्रियामा पराजित भएका थिए।कुवर २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा अछाम–२ बाट उम्मेदवार बनेका थिए, जहाँ उनी झिनो मतान्तरले पराजित भएका थिए। त्यसैगरी २०७४ सालमा प्रदेशसभा क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बने पनि उनी पुनः झिनो मतान्तरले पराजय बेहोर्न पुगेका थिए।नेपाली कांग्रेसको लामो राजनीतिक पृष्ठभूमि भएका कुवरको यसपटक नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवारीले अछाम–२ को राजनीतिक समीकरणमा नयाँ बहस र चासो पैदा गरेको छ।यस विषयमा कुवरको प्रतिक्रिया लिन फोन सम्पर्क गर्ने प्रयास गरिए पनि उनीसँग सम्पर्क हुन सकेन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय