अछाम माघ १६ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन साह अछामका दुईवटै निर्वाचन क्षेत्रमा घण्टी बजाएर कर्णली प्रदेश तिर लागेका छन । हिजो बिहिबार क्षेत्र न १ को साँफेबगरमा घण्टी बजाउनु भएको थियो भने आज शुक्रबार बिहानै पुन अछामको क्षेत्र न २ को पार्टी कार्यालयमा पुगेर घण्टी बजाउँदै कार्यकर्ता तथा शुभचिन्तकहरुलाई नमस्कार गर्दै कमलबजार तिर लाग्नुभएको थियो । कमलबजारमा पनि सामान्य भेटघाट गरेर उहा कर्णली प्रदेशको यात्रामा निस्किनु भएको छ अछामका नेता तथा कार्यकर्ताहरुले उहालाई अछाम र दैलेखकको सिमाना बेलखेतबाट विदाई गरेका थिए भने दैलेखकका नेताहरुले उहालाई कर्णलीमा स्वागत गरेका थिए । पार्टी कार्यालयमा पुगेर घण्टी बजाउँदै नमस्कार मात्र गरेर उहाँ अर्को निर्वाचन क्षेत्रमा लाग्ने गर्दै आउनु भएको छ । युवाहरुले नेता साहलाई फुलमाला र खादाले सम्मान गरेका थिए । मंगलसेनको पार्टी कार्यालयमा करिब ५ मिनेट बस्नुभएको थियो । यता अछामको कमलबजारका शुभचिन्तकहरुले बालेन साह एकदुई मिनेट पनी नरोकेरै हिडेपछी केही स्थानीयहरुले असन्तुष्टि समेत व्यक्त गरेका थिए । उनीहरुले आफुहरु शाहको स्वागतका लागि तयारी अवस्थामा रहेको तर बालेनले वास्ता नगरेको गुनासो गरेका छन । कमलबजारमा शाहलाई देख्न र भेटन आएका सर्मथक भेटन नपाउदा निराष भएर घर फर्किएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय