अछाम माघ १६ ।
अछाम जेसिस बर्ष २०२६ को आयोजनामा शहिद दिवसको अवसरमा दिप प्रज्वलन गरि सहिदको तस्वीरमा माल्यार्पण गरि मनाईयोको छ । जिल्लाको मंगलसैनमा जिल्ला प्रशासन कार्यालय अगाडीको शहिद स्मृती पार्कमा दिप प्रज्वलन गरि सहिदको तस्वीरमा माल्यार्पण गरेर मनाइएको अछाम जेसिस बर्ष २०२६ का महासचिव आनन्द साउदले जानकारी दिनु भयो । यस्तै कमलबजार ईलाका प्रहरी कार्यालय कमलबजारको प्राङगणमा समेत दिप प्रज्वलन गरि सहिदको तस्वीरमा माल्यार्पण गरिएको अछाम जेसिस बर्ष २०२६ का सचिव पवित्रा खड्काले बताउनु भयो ।
मंगलसैनमा शाँती वाटीकामा सम्पन्न कार्यक्रममा अछाम जेसिस बर्ष २०२६ का अध्यक्ष झनक अधिकारी बर्ष २०२५ का अध्यक्ष जीतमान बोहरा, बर्ष २०२३ का अध्यक्ष टेक बहादुर थापा, बर्ष २०२० का अध्यक्ष तुलाराम बीसी लगायतका पदाधिकारी संगै निर्वतमान पदाधिकारी र विभिन्न संघ संस्थाका प्रतिधिको उपस्थिती रहेको थियो । भने यता कमलबजारमा सम्पन्न कार्यक्रममा अछाम जेसिस बर्ष २०२६ का कार्यकारिणी उपाध्यक्ष हिक्मत बहादुर नेपाली, कमलबजार नगरपालिका वडा १ का अध्यक्ष भक्त बहादुर बोहरा, कमलबजार नगरपालिकाका प्रशासकीय अधिकृत खडुग बहादुर बिष्ट ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सरोज कुमार कैला लगायत विभिन्न संघ संस्थाका प्रतिनिधीको उपस्थिती रहेको थियो ।




