हिक्मत बहादुर नेपाली
अछाम माघ १९ ।
अछामको पञ्चदेवल विनायक नगरपालिकामा जारी जिल्ला स्तरीय १६ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीतमा साँफेवगर नगरपालिका २८ पदक प्राप्त गरी प्रथम भएको छ । साँफेवगर नगरपालिकाले कुल ९९ पदकका लागी भएको प्रतियोगीतामा १६ स्वर्ण, ५ रजत तथा ७ कास्य गरी २८ पटक प्राप्त गरी प्रथम भएको हो । यस्तै प्रतियोगीतामा ८ स्वर्ण, १३ रजत र ३ कास्य गरी जम्मा २४ पदक प्राप्त गरेको मंगलसैन नगरपालिका प्रतियोगीतामा दोश्रो स्थान हासिल गर्न सफल भएको छ । ५ स्वर्ण ६ रजत र ६ कास्य पदक सहित १७ पदक प्राप्त गरी पञ्चदेवल विनायक नगरपालिका प्रतियोगीतामा तेश्रो भएको छ । प्रतियोगीतामा ३ स्वर्ण १ रजत र २ कास्य गरी ६ पदक प्राप्त गरेको रामारोशन गाउपालिका चौथो स्थान भयो । यस्तै ३ स्वर्ण र ३ कास्य पदक प्राप्त गरेको कमलबजार नगरपालिका पाँचौ स्थानमा समेटिएको छ । २ स्वर्ण ३ रजत र २ कास्य पदक प्राप्त गरेको चौरपाटी गाउपालिका छैटौं स्थानमा रहयो भने १ स्वर्ण १ रजत र ३ कास्य पदक पाएको तुर्माखाद गाउपालिका सातौं भयो । प्रतियोगीतामा ढकारी गाउपालिकाले १ रजत र २ कास्य पदकमा चित्त बुझायो र मेल्लेख गाउपालिकाले २ रजत र १ कास्य गरी ३ पटक प्राप्त गरी नवौं स्थानमा रहयो । प्रतियोगीतामा बान्नीगढी जयगढ गाउपालिकाले कुनैपनी पदक प्राप्त गर्न सकेन । प्रतियोगीतामा अछामका दश बटै स्थानीय तहका खेलाडीको सहभागीता रहेको थियो । जिल्ला खेलकुद समिति अछामको आयोजना तथा पञ्चदेवल विनायक नगरपालिकाको सह–आयोजनामा माघ १५ गतेदेखि पञ्चदेवल क्याम्पसको खेलमैदानमा सुरु भएको प्रतियोगिता आइतबार सम्पन्न भएको हो।
‎समापन समारोहमा विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा टोलीलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गर्दै सम्मान गरिएको थियो।‎‎जिल्ला खेलकुद समिति अछामका अध्यक्ष केशर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पञ्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउने प्रमुख अतिथिका रूपमा सहभागी भई विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गर्नु भयो ।‎‎कार्यक्रममा बोल्दै प्रमुख अतिथि चलाउनेले खेलकुदले युवाहरूको शारीरिक तथा मानसिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै अनुशासन, मेहनत र समर्पणले सफलता हासिल गर्न सकिने धारणा व्यक्त गर्न भयो । उहाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले जिल्लामा लुकेका प्रतिभाहरू उजागर गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्न भयो । ‎‎यसै गरी अध्यक्ष खड्काले खेलाडीहरूको लगनशीलता र प्रतिस्पर्धात्मक भावनाको प्रशंसा गर्दै आगामी दिनमा खेलकुद क्षेत्रको थप विकास र विस्तारका लागि निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नु भयो । तस्बिर पत्रकार लाल बहादुर चदारा र एलआर ढकालको फेसबुक वाल बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय