हिक्मत बहादुर नेपाली
अछाम फाल्गुन २ ।
अछामको पञ्चदेवल विनायक नगरपालिका आज शनिबार जनता संग उम्मेदवार कार्यक्रम सम्पन्न भएको छ । अछाम सरोकार मञ्चको आयोजना तथा अछाम जेसिज बर्ष २०२६ को सह आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अछाम क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हरुलाई आम नागरिक लाई जनजीवन र विकास निर्माण संग जोडिएका विभिन्न प्रश्न राखेका थिए । सहभागीले सोधेका प्रश्नको जवाफ उम्मेदवारले दिएका थिए । विभिन्न ९ राजनीतिक दलका उम्मेदवार प्रतिस्पर्धामा रहेता पनि आजको कार्यक्रममा ७ राजनीतिक दलका उम्मेदवार सहभागीता रहेको थियोे । नेपाली कांग्रेसका उम्मेदवार पुष्प बहादुर शाह , नेकपा एमालेका उम्मेदवार यज्ञ बहादुर बोगटी, नेपाली कम्युनिस्ट पार्टीका बल बहादुर कुँवर, नेकपा (माओवादी)का शेर बहादुर विक (दर्शन) नेपाल मजदुर किसान पार्टीका झंकर बहादुर शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मीन बहादुर शाही र उज्यालो नेपाल पार्टीका प्रकाश रावल (राकेश)ले आफ्नो प्रतिबद्धता सहित जनताका प्रश्नको जवाफ दिएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भुप देव शाह र प्रगतिशील लोकतान्त्रिक पार्टीका पुष्पराज न्यौपाने सो कार्यक्रममा अनुपस्थित रहे ।
यश निर्वाचन क्षेत्र बाट २०७४ मा निर्वाचित सांसद र हालका उम्मेदवार यज्ञ बहादुर बोगटी र २०७९ मा निर्वाचित भई फाल्गुन २१ गतेको निर्वाचनका लागि नेपाली कांग्रेस बाट पुनः उम्मेदवार बनेका पुष्प बहादुर शाहलाई प्रश्न तेस्रिएका थिए । यश अघि सांसद हुदा यश क्षेत्रकाे विकास र आम जनजीवन लाई सम्बोधन गर्ने केके गर्नुभयो र पुनः तपाईं लाई किन जिताउनुपर्ने प्रश्न व्यापक थियोे । जवाफमा आफ्नो कार्यकालमा गरेको कामको वर्णन गर्दै अधुरा काम गर्न आफुलाई मत दिनुु पर्ने तर्क उम्मेदवारले प्रस्तुत गरेका थिए । भने अन्य उम्मेदवारले पुराना दल र उम्मेदवार परिक्षण भैसका र जनताको अपेक्षा अनुसार काम नगरेकोले फेल भैसकेको कारण भाद्र २३ र २४ को आन्दोलन भएको स्मरण गर्दै सो भावना सम्बोधन गर्न र भष्टाचार अन्त्य र शुसासनका लागि जनताले आफुलाई मत दिनुपर्ने तर्क प्रस्तुत गरेका थिए ।कार्यक्रमको सहजीकरण पत्रकार टेकबहादुर थापाले गर्नुभएको थियोे ।





