हिक्मत बहादुर नेपाली अछाम फाल्गुन ०६ । ओखलढुंगा बण्डाली देवताको मन्दिरको आज शिलान्यास गरिएको छ । कमलबजार नगरपालिका वडा नं ७ विन्ताल्ला स्थित मन्दिर निर्माणका लागि शिलान्यास गरिएको हो । स्वस्फूर्त रुपमा सहयोगी दाताहरूको सहयोगमा निर्माण हुन लागेेको मन्दिरको शिलान्यासमा कमलबजार नगरपालिकाका नगर उपप्रमुख शारखा बिष्ट कुँवर, वडा नं ७ का वडा अध्यक्ष नृप बहादुर लगायत जनप्रतिनिधि समाजसेवी तथा आम स्थानीय नागरिकको उपस्थिति रहेको थियोे । मन्दिर निर्माणका लागि सबैलाई सहयोग गरिदिन हुन अपिल समेत गरिएको छ । थप जानकारीका लागि मन्दिरका धामी संग गरिएको यो कुराकानी हेर्नुहोस ।





