हिक्मत बहादुर नेपाली
अछाम फाल्गुन १६ ।
नेपाली कांगेशका उप सभापती विश्वप्रकाश शर्माले जेन्जी पुस्ताको आन्दोलन पछी नेपाली कांगेश पार्टी परिवर्तन भएर आएको बताउनु भएको छ । अछाम क्षेत्र नं २ मा नेपाली कांगेशले आयोजना गरेको चुनावी आमसभामा बोल्दैं शर्माले विशेष महाधिवेशन बाट पार्टीले देश बनाउने संकल्प बोकेर आएको बताउनु भयो । उहाँले उम्मेदवारले जनता माझ झुटा आश्वासन बाढ्न नहुने तर्फ जोड दिनु भयो । नयाँ नयाँ भन्ने लहरको भरमा जनता झुक्कीन नहुने भन्दै अनुभवी उम्मेदवार र संकल्प भएको पार्टी कांग्रेश भएको र विभिन्न ऐतिहासिक कालखण्डमा कांग्रेशले गरेको योगदान विर्सिन नहुने बताउनु भयो । अछाम क्षेत्र नं २ मा जेन्जी पुस्ता उमेर समुहका टेक बहादुर विक लाई समानुपातिक र प्रत्येक्ष तर्फ यस अघिको विगठित प्रतिनिधी सभाका सदस्य समेत रहेका पुष्प बहादुर शाह लाई मतदान गर्न अपिल गर्न हेलिकप्टर मार्फत अछामको कमलबजार पुग्नु भएका शर्माले विगतका गल्ती कमिकमजोरी बाट पाठ सिकेर सच्चिनु पर्ने बताउनु भयो । भदौं २३ र २४ पछीको नेपाल पुरानै नरहेको र जनताको निराशा लाई आशामा परिर्वतन गर्न पार्टी सभापती गगन कुमार थापा लाई प्रधानमन्त्री प्रस्ताव गरेर अघि बढेकोले जनतालाई संयमित भएर मतदान गर्नुपर्ने बताउनु भयो । राजनितिमा पालो होइन प्रतिस्पर्धा हुन्छ, त्यसैले नयाँको पालो भनेर मात्र नहुने भएकोले देशमा भएको भष्ट्राचार र व्यथितिलाई अन्त्य गर्न अनुभवी र उम्मेदवार र जिम्मेवार पार्टी लाई मतदान गर्नुपर्ने र त्यो मुद्धा सम्बोधन गरेर जान सक्ने पार्टी नेपाली कांग्रेश भएको तर्क उहाँले प्रस्तुत गर्नु भयो । प्रमुख अतिथीको आशन बाट आधा घण्टा सम्बोधन गर्नु भएका शर्माले कुनै पार्टीको विरोध नगरि परिर्वतन भएका उपलब्धी लाई आत्मसाथ गरि सबै सच्चीएर जानुपर्नेमा विशेष जोड दिनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय