हिक्मत बहादुर नेपाली
अछाम फाल्गुन २४ ।
अछाम क्षेत्र नं. २ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार यज्ञ बहादुर बोगटी बिजयी हुनु भएको छ । शुक्रवार विहान १० ः ३० बजे बाट सुरु भएको मत गरणा आज राती ९ बजे सकिएको हो ।
अछाम क्षेत्र नं २ मा कुल खसेको ः ३२ हजार ४ सय ०८ मध्ये नेकपा एमालेका यज्ञबहादुर बोगटी ९ हजार ५ सय १८ प्राप्त गरि विजयी हुनु भयो । यस्तै उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेशका पुष्प बहादुर शाहले ९ हजार ४६ मत प्राप्त गर्नु भयो । नेकपा एमालेका उम्मेदवार यज्ञबहादुर बोगटीले नेपाली कांग्रेसका उम्मेदवार पुष्प बहादुर शाहलाई ४७२ मतले पराजित गर्दै विजयी हुनुभएको हो । बोगटी यसै निर्वाचन क्षेत्र बाट २०७४ को निर्वाचनमा शाहलाई पराजित गरी संघिय सांसदमा निर्वाचित हुनु भएको थियो भने २०७९ को निर्वाचनमा बोगटी लाई शाहले पराजित गरि संघिय सांसदमा निर्वाचित हुनु भएको छ । फाल्गुन २१ गते सम्पन्न निर्वाचनमा २०७४ को निर्वाचन जस्तै शाहलाई पराजित गरी बोगटी दोश्रो पटक दोहोरीनु भएको हो । आज सार्वजनिक मत परिणाम अनुसार नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बलबहादुर कुँवरले ६ हजार ४ सय ९३ मत प्राप्त गर्नु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका भूपदेव शाह शाहले ४ हजार ५ सय ६२ मत प्राप्त गर्नु भयो यस्तै नेकपा माओवादीका उम्मेदवार शेर बहादुर विश्वकर्माले ५सय ५८ मत प्राप्त गर्नु भयो ।




