—,रमिता बि.क

चैत्र १०:किशोरी तथा युवतीहरूका लागि सुरक्षित तथा सहयोगी वातावरण निर्माण गर्ने उद्देश्यले ‘SAFE-Girls’ कार्यक्रमअन्तर्गत संयुक्त कार्यशाला गोष्ठी कमलबजारमा सम्पन्न भएको छ।
किशोरी तथा युवतीहरूका लागि सुरक्षित एवं सहयोगी वातावरण परियोजना  (SAFE-Girls) अन्तरगत अन्तर्गत किशोर किशोरी तथा युवामैत्री सुरक्षित स्थान (Safe Space) सम्बन्धी संयुक्त कार्यशाला सम्पन्न गरिएको हो।

उक्त संयुक्त कार्यशाला कोइका (KOICA),यूएनएफपीए  गुड नेबर्स इन्टरनेशनल नेपाल, (GOOD NEIGHBORS INTERNATIONAL NEPAL)वाक नेपाल  (WAC NEPAL) तथा यूएनएफपीए (UNFPA) को सहकार्यमा आयोजना गरिएको हो। कार्यक्रम चैत १० गते अछामको कमलाबजार नगरपालिकास्थित झरना होटलमा आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा किशोर–किशोरी तथा युवतीहरूको सुरक्षासम्बन्धी वातावरण निर्माण, सुरक्षित स्थानको अवधारणा समन्वय र रेफरल प्रणाली स्वास्थ्य संस्था तथा किशोर किशोरी मन्त्री स्वास्थ्य सेवाको भूमिका अन्तरसम्बन्ध शिक्षक प्रवर्धन विद्यालय तथा शिक्षकहरूको भूमिका र अन्तरसम्बन्ध समुदायमा आधारित मनोसामाजिक कार्यकर्ताको भूमिका लैङ्गिक फोकल पोइन्ट तथा नगरपालिका प्रणालीको अन्तरसम्बन्ध विषय क्षेत्रगत सङ्घको अन्तरसम्बन्ध अपेक्षित नतिजा लगायतको विषयमा safe spaceका मुख्य गतिविधि तथा उद्देश्य बृहत्तर यौनिकता शिक्षा लगायतका विषयमा कमलबजार स्वास्थ्य शाखा जनस्वास्थ्य निरीक्षक टेक बहादुर बिष्टले प्रशिक्षण दिनुभएको थियो।

नगर प्रमुख यज्ञप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रमका विशिष्ट अतिथि नगर उपप्रमुख शारदा बिष्ट रहनुभएको थियो। वडा वडा नम्बर एक र ३ का वडा अध्यक्षहरु, शिक्षा शाखा प्रमुख ऋषिकेश ढकाल, कमलबजार नगरपालिकाका ११ वटा माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा शिक्षक, स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी, नगरपालिकाका विभिन्न विषयगत शाखाका शाखा प्रमुख, कर्मचारी, आयोजक संस्थाका प्रोजेक्ट अपिसर दीपा बम,दिनेश बिक, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो। शिक्षा शाखा प्रमुख ऋषिकेश ढकालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखामा कार्यरत पार्वती बिसीले गर्नुभएको थियो।

कार्यक्रममार्फत किशोरी तथा युवतीका लागि सुरक्षित, सहयोगी र युवामैत्री वातावरण निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय