हिक्मत बहादुर नेपाली
अछाम जेठ १८ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको कमलबजार नगर प्रथम अधिवेशन नयाँ नेतृत्व चयन गर्दे आज कमलबजारमा सम्पन्न भएको छ । अधिवेशन बाट नगर सभापतीमा जनजिविकाका सवाल उठान गरेर युवाहरु माझ लोकप्रिय बनेका बालाराम ढकाल सर्वसम्मत चयन हुनु भएको छ । यस्तै उपसभापतीमा मान बहादुर खड्का, सचिवमा भरत बहादुर भण्डारी, सहसचिवमा जनक विक र कोषाध्यक्षमा रितु भण्डारी चयन हुनु भएको छ । नगर समितिको सदस्यमा भावना देवी कामी, विरेन्द्र बहादुर बिष्ट, ललिता रावत भण्डारी, कला कामी, कर्ण सिं बोहरा, सुरत विक जम्मान बिष्ट , रतन बहादुर बिष्ट लगायत चयन हुनुभएको छ । आजको अधिवेशन विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । नव निवार्चित कार्य सभितीको पहिलो बैठक जेठ २४ गते बस्ने लगायतका निर्णय भएका छन । आजको अधिवेशन राष्ट्रिय स्वतन्त्र पार्टीका अछाम २ क्षेत्रिय सभापती ईन्जिनियर जिवन तिमिल्सैनाको विशेष उपस्थितीमा सम्पन्न भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय अधिवेशन नजिकिए संगै पालिका अधिवेशन लगायतका कार्यक्रम लाई तिव्रता दिएको छ । कमलबजार नगरपालिका र अछाम जिल्लामा संगठन विस्तारका क्रमका केहि चर्चीत अनुहारहहरु राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरे संगैं आगामी स्थानीय चुनावमा रास्वपा र अन्य दल विचको प्रतिस्पर्धा लाई नागरिक तह बाट विशेष चासोका साथमा हेरिएको छ ।





