हिक्मत बहादुर नेपाली
अछाम श्रावण ०८ । नागरिक आवाज र कर्तव्य CVA सम्बन्धी पालिका स्तरीय परिचयात्मक बैठक कमलबजार नगरपालिकामा सम्पन्न भएको छ । वल्र्ड भिजन इन्टरनेशनल नेपाल र आस्था नेपालको साझेदारी तथा कमलबजार नगरपालिकाको समन्वयमा सञ्चालित हातेमालो बालकल्याण परियोजना अन्तर्गत आयोजित बैठकको अध्यक्षता नगर उपप्रमुख शारदा कुमारी बिष्ट कुँवरले गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख रावलले नागरिक आवाज र कर्तव्य सम्बन्धी कार्यक्रमले बालबालिकाको अधिकार तथा विकासमा क्षेत्रमा सकारात्मक प्रभाव पार्नुका साथैं नागरिक सहभागिता अभिवृद्धि गर्ने भएकाले यो कार्यक्रम लाई सफल पार्नका लागी पालिकाले सहयोग गर्ने बताउनुभयो । उहाँले नागरिकलाई आफ्ना अधिकारबारे सचेत गराउनुका साथै कर्तव्यप्रति पनि जिम्मेवार बनाउने विश्वास व्यक्त गर्दै स्थानीय सरकार र नागरिकबीचको सहकार्य, पारदर्शिता, जवाफदेहिता तथा सुशासन प्रवद्र्धनमा यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।
बैठकमा नागरिक आवाज र कर्तव्य CVA यस कार्यक्रमको अवधारणा, उद्देश्य, सञ्चालन प्रक्रिया, स्थानीय तहमा यसको आवश्यकता तथा सेवा प्रवाहलाई नागरिकमैत्री र उत्तरदायी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो । सहभागीहरूले स्थानीय सरकारबाट प्रवाह हुने सेवाको गुणस्तर सुधार, नागरिकको सक्रिय सहभागिता, सार्वजनिक स्रोत–साधनको प्रभावकारी उपयोग तथा बाल अधिकार संरक्षणमा प्रभावकारी माध्यम बन्न सक्ने धारणा व्यक्त गरेका थिए।
नागरिक आवाज र कर्तव्य, वल्र्ड भिजनद्वारा विभिन्न देशमा अभ्यास गरिएको सामाजिक जवाफदेहिता प्रवद्र्धन गर्ने एउटा नागरिक सहभागितामूलक कार्यक्रम हो । यस प्रक्रियामार्फत नागरिक र सेवा प्रदायकबीच नियमित संवाद, साझा समस्या पहिचान, समाधानका लागि संयुक्त कार्ययोजना निर्माण तथा कार्यान्वयनको अनुगमन गरिन्छ । यसले स्थानीय तहमा पारदर्शिता, उत्तरदायित्व र नागरिकको विश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै वालमैत्री स्थानीय शासन २०८७ मा घोषणा गर्ने लक्ष्य लाई सहयोग गर्ने उदेश्य समेत रहेको छ । जुन उदेश्य पुरा गर्न वाक नेपालले दिगो विकासका १७ लक्ष्य मध्ये ६ मा काम गरिरहेकाे बताएको छ । हाल परिक्षणका रुपमा चार वटा वडामा लागु गरिएको र प्रत्येक बालबालिका RC दर्ता गरेर उनिहरुको अभिभावक संग सहकार्य गरि उनको शिक्षामा पहुँच अभिवृद्धि गर्न सहयोग गर्ने समेत लक्ष्य रहेको छ ।
कार्यक्रममा नगरपालिकाका सबै वडाका वडा अध्यक्षहरू, निमित्त प्रमुख प्रशासकीय अधिकृत, नगरपालिकाका विभिन्न शाखाका शाखा प्रमुखहरू, बाल सञ्जालका प्रतिनिधिहरू तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण आस्था नेपालका लोगराज ढकाल र नम बहादुर विष्टले गर्नुभएको थियो ।

यश सम्बन्धि थप सामाग्री 

CVA को महत्त्व र प्रभाव (Significance & Impact)
सुशासनमा योगदानः स्थानीय तहमा सुशासन र पारदर्शिता कायम गर्न मद्दत गर्छ।
नागरिक दायित्वको बोधः नागरिकहरूलाई केवल अधिकार माग्ने माव नभई आफ्नो कर्तव्य र जिम्मेवारीप्रति पनि सजग बनाउँछ ।
दीगो विकासः स्थानीय स्रोत र साधनको प्रभावकारी उपयोग गराई सामुदायिक विकासलाई दीगो बनाउन सहयोग पुऱ्याउँछ ।
समावेशी सहभागिताः बालबालिका, महिला, युवा र पछाडि पारिएका वर्गलाई निर्णय प्रक्रिया र अनुगमनमा प्रत्यक्ष सहभागी गराउँछ ।
CVA का मुख्य चरणहरू (Key Phases)
तेस्रो चरण। सेवामा सुधार गर्ने र नीतिगत तहमा प्रभाव पार्ने , CVA को तेस्रो चरणमा दोस्रो बरणमा तयार गरिएका कार्ययोजनाहरू कार्यान्वयन गरिन्छ। यस चरणको मुख्य उद्देश्य सार्वजनिक सेवामा सुधार ल्याउनु नागरिकको आवाजलाई नीतिगत तहसम्म पुयाउनु तथा सेवा प्रदायकलाई थप उत्तरदायी बनाउनु हो।
यस चरणमा निम्न कार्यहरु गरिन्छ
सेवा सुपार र नीतिगत प्रभावः कार्ययोजनामार्फत सार्वजनिक सेवामा सुधार र नीतिगत परिवर्तनका लागि पहल गरिन्छ।
समावेशी तया सहकार्य निर्माण, समान उद्देश्य भएका व्यक्ति समुदाय तथा संस्थाहरूसँग समन्वय र साझेदारी गरिन्छ।
पैरवी तथा प्रभाव पार्ने सरकारी निकाय जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग तथ्यमा आधारित संवाद र पैरवी गरिन्छ। अनुगमन तथा सहयोगः कार्ययोजनाको प्रगति चुनौती तथा उपलव्धिहरूको नियमित अनुगमन गरी आवश्यक सहयोग प्रदान गरिन्छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय