हिक्मत बहादुर नेपाली
अछाम भाद्र १५ ।
भाद्र १० गते रसुवाको भोटेकोशिमा आएको अप्रत्याशित बाढी बाट प्रभावित पिडितका लागि अछाम जेसिज द्वारा आज अछामको मंगलसेनमा ८५ हजार ९ सय संकलन गरेको छ । अछाम जेसिज बर्ष २०२६ को आयोजना भएको सहयोग संकलनमा मंगलसेन बजारका व्यापारी र सर्वसाधारणले स्वस्फूर्त सहयोग गरेका छन । नेपाल जेसिजको सर्कुलरमा मातहतका शाखाले सहयोग संकलन गरि पिडित सम्म पुर्याउन प्रधानमन्त्री दैविक उद्धार कोषमा जम्मा गर्ने निर्णय बमोजिम सहयोग संकलन गरिएको अछाम जेसिज बर्ष २०२६ का अध्यक्ष झनक अधिकारीले बताउनुभयो । अछामका अन्य व्यापारीक केन्द्रका रकम संकलन गरि एकमुष्ट रकम हस्तान्तरण गरिने अछाम जेसिस बर्ष २०२० का अध्यक्ष तुलाराम बिसीले बताउनुभयो ।
आज पहिलो दिन मंगलसेन बजारमा भेटिनु भएका व्यापारी र आम सर्वसाधारण बाट सो मात्रामा रकम संकलन भएको सो कुराले दुखमा पर्दा मानविय सहायता गर्न नेपालीहरु सधैं अग्रसर रहने कुरा प्रस्ट भएको उल्लेख गर्नुभयो । अभियानमा गाउँ बाट बजारमा आएका बृद्धअबश्थाका आमाबुवाले र बिद्यार्थीहरुले समेत स्वऐच्छिक रुपमा सहयोग गरेकाे देख्दा मानवमा मानवियताको भावना जीवित रहेको देखिएकोले सबैले उद्धार कोषमा जम्मा गर्न नसक्ने भएकोले पनि यस्तो अभियान चालेको र प्रभावकारी बनाएर जिल्ला प्रशासन कार्यालयको रोहबरमा रकम सम्बन्धित प्रभावित क्षेत्रका पिडित सम्म पुगाउने व्यवस्था गरिने अछाम जेसिस बर्ष २०२३ का अध्यक्ष तथा पत्रकार टेक बहादुर थापाले बताउनुभयो । आजको सहयोग संकलन अभियानमा अछाम जेसिज बर्ष २०२६ को कार्यसमितिका पदाधिकारी र पुर्व कार्य समितिको सक्रिय सहभागीता रहेको थियोे । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय