निराजन भण्डारी फागुन ९ अछाम । कमलबजार नगरपालिकामा बुधबार बाट सञ्चालन हुने निःशुल्क स्वास्थ्य शिविरको सम्पुर्ण तयारी भएको नगरपालिकाले जनाएको छ ।
कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रको कार्यालयमा १ दिने एकीकृत निःशूल्क स्वास्थ्य शिविर सञ्चालन हुन लागेको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्क बहादुर बिष्टले जानकारी दिनुभएको छ ।
निःशुल्क स्वास्थ्य शिविरमा सहभागि भई आफनो स्वास्थ्य उपचार गराउन पालिकाबासी सम्पुुर्ण नागरिकलाई प्रशासकीय अधिकृत बिष्टले आग्रह गर्नुभएको छ ।बुधबार विहान ८ बजेबाट सुरु भई बेलुका ५ बजेसम्म शिविर सञ्चालनमा रहने नगरपालिकाले जनाएको छ ।
कमलबजार नगरपालिकाको आयोजना तथा काठमाण्डौँ मेडिकल कजेलको प्राविधिक सहयोगमा सञ्चालन हुने निशुल्क स्वास्थ्य शिविरमा सामान्य चिकित्सा,प्रसुती तथा स्त्री रोग,बाल रोग,शल्यक्रिया,मुटुरोग,मानसिक तथा नसा रोग,हार्डजोर्नी तथा नसा रोग,छाला तथा यौन रोगको उपचार निशुल्क हुने छ ।
यस्तै शिबिरमा नाक,कान,घाँटी,दन्त सेवा,न्यूरो सर्जरी,मृगौला रोग,भिडियो एक्सरे,आँखा परिक्षण तथा उपचार, रगत तथा पिसाब परिक्षण लगायतका सेवा दिइने कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रका हेल्थअसिष्टेन टेक बहादुर बिष्टले जानकारी दिनुभएको छ ।
स्वास्थ्य परिक्षण क्रममा जटिल खालका बिमारी फेला परेमा उक्त बिरामीको पारिवारिक अवस्था हेरी नगरपालिकाले काठमाण्डौ सम्म पुगाएर सल्यक्रिया समेत निःशुल्क गर्ने समेत बताइएको छ ।
छिमेकी पालिका ढकारी र तृमाखाँद बाट पनि स्वास्थ्य परिक्षण लागि विरामी आउन सक्ने भएकाले निःशुल्क स्वास्थ्य शिविरमा नागरिकहरुको भिडभाड हुन सक्ने अनुमान गरिएको छ ।




