हिक्मत नेपाली
कमलबजार फाल्गुन २० ।
दिगो विकासको लक्ष्यका लागि संरक्षित खानेपानी र सरसफाइमा पहुँच खानेपानी सरसफाइ तथा स्वच्छता योजना सम्बन्धि स्थानीय जनप्रतिनिधि तथा सरोकारवालालाई १ दिने अभिमुखीकरण कार्यक्रम शनिबार कमलबजारमा सम्पन्न भएको छ । कमलबजार नगरपालिका खानेपानी तथा सरसफाइ शाखाको आयोजना तथा युनिसेफको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कमलबजार नगरपालिकाका नगर उपप्रमुखको अध्यतामा सम्पन भएको कार्यक्रम कमलबजार नगरपालिका बिभिन्न वडाका वडा अध्यक्ष , कमलबजार नगरपालिकाको खानेपानी तथा सरसफाई शाखा फोकल प्रशर्न पवित्रा भण्डारी , महिला वालवालिककाका शाखा प्रमुख डम्बर ढुंगाना , बिपद व्यवस्थापन शाखा प्रमुख बिरेन्द्र तिमिल्सैना लगायतको उपस्थिीती रहेको थियो ।
दिगो विकासको लक्ष्य ६ मा उल्लेख भएबमोजिम सबैका लागि सुरक्षित खानेपानी र सरसफाइमा पहुँच भन्ने नाराका साथ कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । नगरपालिकाका प्रत्येक नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा पुर्याउने उद्देश्य यो कार्यक्रमको लक्ष्य रहेकाे छ ।
नगर उपप्रमुख शारदा कुमारी बिष्ट कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरू, नगरपालिकाका विभिन्न शाखाका प्रमुख एवम् प्रतिनिधिहरू, इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक भाष्कर चन्द, युनिसेफमा कार्यरत इन्जिनियर राजेन्द्र जोशी, पत्रकार लगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन खानेपानी तथा सरसफाइ शाखाको फोकल पर्सन पवित्रा भण्डारीले गर्नुभएको थियो ।






