हिक्मत नेपाली
कमलबजार , चैत्र ११ ।
नेपाल रेडक्रस सोसाईटी अछाम शाखाको बैठक शनिबार कमलबजारमा सम्पन्न भएको छ ।नेपाल रेडक्रस सोसाईटी अछाम शाखाका सभापती रतन ढुंगानाको सभापतित्व तथा कमलजार नगरपालिकाका नगर उपप्रमुख शारदा कुमारी बिष्टको प्रमुख आतिथ्यता र पालिकाका प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्टको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको बैठकले कमलबजारमा बल्ड बैंक स्थापना गर्ने निर्णय गरेको छ । त्यस्तै बल्ड बैंक स्थापनाका लागी तत्काल जग्गा खरिद गर्ने, नि शुल्क बल्ड गु्रप पहिचानका लागी शिविर राख्ने र पालिकाका प्रत्येक बिद्यालयमा जुनियर रेडक्रस सर्कल (जुरेस) गठन गर्ने निर्णय गरेको रेडक्रस उपशाखा कमलबजारका सभापती गोबिन्द ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय