हिक्मत नेपाली
कमलबजार,बैशाख १ ।
कमलबजार नगरपालिका वडा नं ४ चाल्सा स्थित नव निर्मित स्वास्थ चौकीको भवन आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । कमलबजार नगरपालिका वडा नं ४ का वडा अध्यक्ष मीन बहादुर साँउदको अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कमलबजार नगरपालिकाकि उपप्रमुख शारदा कुमारी बिष्ट कुँवर रहनु भएको थियोे ।
कार्यक्रममा नेकपा एमालेका वडा अध्यक्ष वृख बहादुर साँउद नेपाली काँग्रेसका वडा सभापति ध्वज बहादुर थापा लगायतको उपस्थिति रहेको थियोे । कार्यक्रममा स्वागत मन्तव्य वडा सचिव डम्मरा साँउदले गर्नु भएको कार्यक्रमको सञ्चालन स्वास्थ चौकी ईन्चार्ज विक्रम परिले गर्नु भएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय