हिक्मत नेपाली ,कमलबजार जेठ १४ ।
कमलबजार नगरपालिका वडा नं ५ कुईकामा एचआईभी संक्रमित ११ जना महिला तथा पुरुष लाई खाद्यान्न वितरण गरिएको छ । आर्थिक वर्ष २०७९/८० को वडा बाट विनियोजित बजेट बाट २० हजार बराबरको चामल, चना र तेल खरिद गरि वितरण गरिएको कमलबजार नगरपालिका वडा नं ५ का वडा अध्यक्ष सत्यराज तिमिल्सैनाले बताउनु भयो । वडामा एचआईभी संक्रमितलाई थोरै भएपनि राहत होस भन्ने उदेश्यले एक कार्यक्रमको आयोजना गरि आईतवार खाद्यान्न वितरण गरिएको वडा अध्यक्ष तिमिल्सिनाले कमलबजार दैनिक डटकम लाई जानकारी दिनुभयो ।




