हिक्मत बहादुर नेपाली
अछाम, जेष्ठ १६ ।
प्रत्येक बर्ष मे ३१ तारिकका दिन बिश्व भर विश्व सुर्तीजन्य पदार्थ रहित दिवस मनाईन्छ । हामीलाई खाद्यान्न चाहिन्छ, सुर्तिजन्य पदार्थ होइन भन्ने नाराका साथ यस बर्ष पनी यो दिवस बिश्वभर मनाईदैछ । विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको पुर्व सन्ध्यामा आज सञ्चारकर्मी तथा सरोकारवाला संग अन्र्तक्रीया कार्यक्रम अछामको मंगलसेनमा सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय अछामको आयोजनामा भएको कार्यक्रम अछामका सहायक प्रमुख जिल्ला अधिकारी मिन राज आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो । अन्र्तक्रिया कार्यक्रमा प्रमुख अतिथी जिल्ला समन्वय समितीका प्रमुख ललित बहादुर कुँवर, बिशिष्ट अतिथीमा प्रमुख जिल्ला अधिकारी शिवराम न्यौपाने रहनु भएको थियो । कार्यक्रमको उदेश्य माथी प्रकाश पार्दै सुर्तीजन्य पदार्थको सेवन बाट हुने बेफाईदाका बिषयमा स्वास्थ्य कार्यालयका प्रमुख जन स्वास्थ्य अधिकृत झनक ढुंगानाले प्रस्तुतीकरण राख्नु भएको थियो । कार्यक्रममा सुर्तीजन्य पदार्थको नियन्त्रण नियमनका लागी ऐन तथा नियममा भएका कानुनी व्यवस्थाका बिषयमा जानकारी गराईएको थियो । विश्वमा कुल मृत्युको कारण मध्ये १५ प्रतिशत प्रत्येक्ष तथा अप्रत्येक्ष सुर्तिजन्य पदार्थको सेवनका कारण हुने गरेको छ । विश्वमा करिव ८० लाख मानिसको मृत्यु सुर्तिजन्य पदार्थको सेवन वाट हुने गरेको छ । जस मध्ये १२ लाख मानिसको स्वयम आफैले सेवन नगरेपनी अरुले सेवन गर्दा परेको प्रभावले हुने गरेको छ ।सुर्तीजन्य पदार्थको प्रयोग बाट हुने बेफाईदाका बिषयबरुतु समेटेरे सञ्चारमाद्यामले चेतनामुलक सन्देश प्रसारण गर्नु पर्नेमा कार्यक्रममा सवै सहभागीहरुको जोड थियो । कार्यक्रमको सञ्चालान स्वास्थ्य कार्यालयका कार्यरत जनस्वास्थ्य अधिकृत भुमिनन्द ढुंगानाले गर्नुभएको थियो ।




