सुबाश अधिकारी, कमलबजार, अछाम
नगर प्रमुख यज्ञ प्रसाद ढकाल संग नगरपालिकाका हरेक बिषयमा पटक–पटक छलफल गरेर अगाडी बढ्न भनेर परामर्श गर्दा पनि आनाकानी गरेको वडा अध्यक्षहरुले जनाएका छन् । बुधबार एक प्रेस विज्ञप्ती जारी उनिहरुले सो आरोप लगाएका हुन् ।
बिभिन्न वडा अध्यक्षले यस अघि गरिएका कार्यापालिकाका निर्णयमाथी धावा बोलेको प्रति ध्यानाकर्षण भएको बताएका छन । आज विभिन्न वडा अध्यक्ष द्धारा हस्ताक्षरित गरी जारी गरिएको प्रेस बिज्ञप्तीमा सो कुरा उल्लेख गरिएको छ ।
कमलबजार नगरपालिकाको विकास निमार्ण देखी हरेक बिषयमा नगर प्रमुख संघ पटकपटक छलफल गरेको र तत्काल कार्यपालिका बैठक बसाल्न अनुरोध गरेपनी आनाकानी गरेको उल्लेख गरिएको छ । तर यस अघि नगर प्रमुख ढकालले कार्यपालिका बैठकका लागी सुचना गरेको र वडा अध्यक्ष र कार्यापालिकाका सदस्य समयमा उपस्थिीत नभएकोले बैठक स्थगीत गरिएको सञ्चारकर्मी संग बताएका थिए ।
नगर प्रमुख नगरभित्रका हरेक कार्यक्रममा प्राय उपस्थित नभई जिल्ला बाहिर बस्ने गरेकाले काममा असहज भएको पनि विज्ञप्तीमा उल्लेख छ । जसले गर्दा सेवा प्रवाह र काम कार्वाहीमा ढिला सुस्ती भई अस्तव्यस्त भएको हुँदा आफुहरु जनताले दिएको जनमतको कदर गर्दैं अगाडी बढ्ने समेत प्रेस बिज्ञप्ती मार्फत जानकारी गराईएको छ ।
यस अघि नगर प्रमुख यज्ञ प्रसाद ढकालले नगरपालिकामा एक सुचना जारी गर्दै पहिलेको सरकारले नियूक्त गरेका करार कर्मचारी थप्ने वा हटाउने भन्ने बिषयले नगरको समग्र बिकास निमार्णमा समस्या सृजना भएको बताउनु भएको थियो। आफु लगायतका अन्य निर्वाचित जनप्रतिनिधी निर्वाचित भईसके पश्चात कर्मचारीकै विवादमै नगरपालिका रुम्मलिएको बताउँनु भएको थियो । काम गरिरहेका कर्मचारीलाई हटाउन त्यती राम्रो बिषय नभएको बताँउदै उहाँले मिलेर जानुको विकल्प नरहेको पनि उल्लेख गर्नु भएको थियो । नगर प्रमुख ढकालको यस्तो सुचना सार्वजनिक भएको केहि दिनमै वडा अध्यक्षहरुको बुधबार आज सो खालको विज्ञप्ती आएको छ ।




