सुबाश अधिकारी, २०८० जेठ २८, कमलबजार, अछाम

कमलबजार नगरपालिकाका कार्यवाहक नगर प्रमुख एवं् उप प्रमुख सारदा बिष्ट कुवरले सरसफाईमा ध्यान दिनु पर्ने कुरामा जोड दिनु भएको छ । बिश्व वातावरण दिवश थता सरसफाई सप्ताह को अवसरमा आयोजित एक कार्यक्रममा उहाले यस्तो बताउनु भएको हो । आफ्नो घर–आगन, वरिपरिको वातावरण सरसफाई गर्न आग्रह गर्दै कुवरले जनचेतना–मुलक कार्यक्रम गरिनु पर्ने आवश्यकता औंल्याउनु भयो ।

कमलबजार नगरपालिकाको केन्द्रबिन्दु समेत रहेको कमलबजारमा फोहोर व्यवस्थापन चुनौतीकै रुपमा देखिएको परिप्रेक्षमा उहाले नगर सरकारले चाडै नै डम्पिङ साईड निमार्णका लागी बजेट विनियोजन गरिएको पनि उल्लेख गर्नुभयो ।

बिशेष गरि बजार क्षेत्रमा बसोबास गर्ने ब्यापारी, बिभिन्न पेशामा आवद्ध व्यवसायी आम नागरिकलाई जथाभावी रुपमा फोहोर नफाल्न आग्रह गर्दै उपप्रमुख कुवरले एक ठाँउमा जम्मा गर्न सुझाब दिनुभयो । यसरि जम्मा गरिएको फोहोर व्यवस्थापन गर्न पालिका सरकार प्रतिबद्ध रहेको समेत उहाँको भनाई थियो ।

नगरपालिकाको प्राङ्गणबाट र्याली सुरु भई बजार परिक्रमा गर्दै ईलाका प्रहरी कार्यालय कमलबजारको प्राङ्गणमा कोण शभामा परिणत कार्यक्रममा बोल्दै निमित्त प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्टले फोहोर जन्य बस्तुको बर्गिकरण गरेर व्यवस्थापन गरिनु पर्ने कुरामा जोड दिनुभयो । कुहिने, नकुहिने र शिसा जन्य बस्तु छुट्टा–छुट्टै राख्न सुझाब दिदै उहाँले यो बिषयमा सबै सरोकारवालाहरुले ध्यान दिन जरुरी रहेको भनाई राख्नुभयो ।

प्लाष्टिकजन्य प्रदुषण कम गर्न, वातावरणमैत्री विकल्पको उपयोग गर्न यहाँका स्थानिय, बजार बासी सबैले दत्तचित्त भएर लाग्नु पर्ने निमित्त प्रमुख प्रशासकिय अधिकृत बिष्टको भनाई थियो ।

कमलबजार नगरपालिकाको आयोजना, एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम हेल्भेटास, वल्र्डभिजन ईन्टरनेश्नल नेपाल लगायतको आर्थीक सहयोग र ग्रामिण विकास केन्द्र रुडेक नेपाल र आस्था नेपालको संयुक्त समन्वयमा प्रभातफेरी सहित र्याली कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा कार्यवाहक नगर प्रमुख एवं् उपप्रमुख सारदा बिष्ट कुँवर, वडा नं. ५ का अध्यक्ष सत्यराज तिमिल्सैना, ७ का अध्यक्ष नृप बहादुर बोहोरा, ९ का अध्यक्ष कमल प्रसाद बजगाई, निमित्त प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्ट, बिभिन्न बिषयगत शाखाका प्रमुख तथा प्रतिनिधी, पत्रकार, प्रहरी निरिक्षक तथा इलाका प्रहरी कार्यालय कमलबजारका ईन्चार्ज भाष्कर चन्द, नगर उद्योग वाणिज्य संघ कमलबजारका अध्यक्ष कृष्ण प्रसाद ढकाल, बजार विकास तथा प्रवद्धन समितीका पदाधिकारी, रुडेक नेपालका फिल्ड संयोजक टंक बहादुर बोहोरा, प्राविधिक निरिक्षक धनराज जोशी, सिनियर प्राविधिक उज्जीर सिंह नेपाली, प्राविधिक सहजकर्ता सहनसिल साउद, आस्था नेपालका फिल्ड अधिकृत दिल बहादुर शाही, नगर स्तरिय बाल संजालका पदाधिकारी लगायत बजार स्थित ब्यापारी, बुद्धीजिबी सरोकारवाला लगायतको सहभागिा रहेको थियो ।

प्लाष्टिक जन्य प्रदुषणमैत्री विकल्पका उपयोग गरौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं भन्ने मुल नारा सहित यो बर्षको बिश्व वातावरण दिवश तथा सरसफाई सप्ताह मनाइएको हो । जुन ५ देखि ११ अर्थात जेठ २२ देखि २८ गते सम्म सप्ताहव्यापी रुपमा यो दिवश मनाईने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय