हिक्मत नेपाली
कमलबजार, असार १३ ।
कमलबजार नगरपालिका लाई आज कार्यक्रमका बिच पुर्ण खोप पालिका घोषणा गरिएको छ । कमलबजार नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको पुर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागी पुर्ण खोप पालिका घोषणा कार्यक्रममा पालिका लाई पुर्ण खोप पालिका घोणणा गरिएको हो । स्थानीय श्रोतको उपयोग स्वामित्व र सहभागीता पुर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता भन्ने नाराका साथमा भएको घोषणा कार्यक्रमममा अछाम स्थिीत बिभिन्न सरोकारवालाको उपस्थिीती रहेको थियो ।
कमलबजार नगरपालिकाकाका नगरप्रमुख यज्ञ प्रसाद ढकालको अध्यक्षतामा भएको घोषणा कार्यक्रमका प्रमुख अतिथी अछाम जिल्ला समन्वय समिती प्रमुख ललित बहादुर कुँवर रहनु भएको थियो । त्यस्तै अथितीमा कमलबजार नगरपालिकाका नगर उपप्रमुख शारदा कुमारी बिष्ट कुँवर, स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक राज ढुंगाना लगायत रहनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी ललित बहादुर कुँवरले समग्र स्वास्थ्यको अवस्था सुधारका लागी खोप कार्यक्रममा बिशेष जोड दिनु पर्ने बताउनु भयो ।
कार्यक्रमका अध्यक्ष तथा कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालले पालिकाका सबैवडामा केहि न्युज मात्रामा खोप कार्यक्रममा वालबालिका नसमेटीको भएता पनी खोप कार्यक्रम बाट सबै लाभाविन्त भएकोले पालिकालाई पुर्ण खोप पालिका घोषणा गरिएको बताउनु भयो ।
कमलबजार नगरपालिकाका नगर उपप्रमुख शारदा कुमारी बिष्ट कुँवरले खोप कार्यक्रम सफल पार्नका लागी मलिला स्वयमसेविकाको महत्वपुर्ण भुमिका रहेकाले उनिहरुको सेवा सुविधा थप गर्नुपर्नेमा जोड दिनुभयो ।
स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक राज ढुंगानाले प्रत्येक पालिकालाई पुर्ण खोप पालिका घोषणा गरिसके सश्चात अछामलाई लगतै भोली जिल्लामा एक कार्यक्रम आयोजना गरी पुर्ण खोप जिल्ला घोषणा गर्न लागेको बताउनु भयो ।
कमलबजार नगरपालिकाका प्रवक्ता तथा कमलबजार नगरपालिकाको वडा नं ५ का वडा अध्यक्ष सत्यराज तिमिल्सैनाले खोप कार्यले बिभिन्न रोगको संक्रमण बाट बचाउन सहयोग गर्ने भएकाले अभिभावकलेले पनी नछुटाउन आग्रह गर्नु भयो ।
कार्यक्रममा कमलबजार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्टले कमलबजार नगरपालिकाले खोपका क्षेत्रमा तथा स्वास्थ्यका क्षेत्रको वस्तु स्थिती माथी प्रकाश पार्नु भएको थियो ।
कमलबबजार नगरपालिकाको पुर्ण खोप घोषणा कार्यक्रममा कमलबजार नगरपालिकाका बिभिन्न वडाका वडा अध्यक्ष, बिषयगत शाखाका प्रमुख, सञ्चारकर्मी  लगायतको उपस्थिति रहेको थियोे । कार्यक्रमको सञ्चालन स्वास्थ शाखा प्रमुख चक्र बहादुर बिष्टले गर्नुभएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय