टेक बहादुर थापा – अछाम , श्रावण २५ ।
तुर्माखाँद गाँपालिका अध्यक्ष डम्बर बिसी आफुले चुनावको समयमा जनता माझ गरेका प्रतिबद्धताहरु एकपछि अर्को गरि कार्यन्वयन गरिरहनु भएको छ । भौगोलिक रुपमा सदरमुकाम बाट टाढा रहेको पालिकामा अहिले पनि शिक्षा, स्वास्थ्य, रोजगार,कृषि र विकास निर्माणका क्षेत्रमा विभिन्न किसिमका समस्याहरु कायमै रहेकाले त्यी समस्याहरु समाधान गर्दै जाने प्रतिबद्धता जनाए अनुरुप अहिले क्रमश रुपमा प्रतिवद्धताहरु पुरा गर्दै जानु भएको हो । यही प्रतिबद्धता अनुरुप बुधबार पालिकामा रहेको तुर्माखाँद अस्पतालमा ल्याईएको एक्सरे मेसिनकोे एक कार्यक्रममा विच उद्घाटन गर्नुभएको छ । आफुले चुनावको समयमा बोलेको यो पनि एक महत्वपुर्ण विषय भएको हुदा पालिका बाट २० लाख बजेट विनियोजन गरिएको त्यसै बजेटको परिधिमा रहेर आवश्यक जनशक्ति सहित एक्सरे मेसिन खरिद गरिएको गाउँपालिका अध्यक्ष बिसीले बताउनुभयो । तुर्माखाद गाउँपालिकामा स्वास्थ्य क्षेत्रमा थुप्रै समस्या रहेकाले अब चाडै पालिकामा १० शैयाको अस्पताल संचालन गरिने समेत जानकारी गराउनुभएको छ । सानो उपचारका लागि तुर्माखाँदका नागरिकहरु मंगलसेन, सुर्खेत, नेपालगन्ज जाने गरेकाले यो समस्याको समाधानका लागि पालिकामै अस्पताल संचालन गरिने र एकजना एमबिबिएस डक्टरको समेत व्यवस्था गरिने बताउनुभयो । यो सुरुवात मात्रै भएकाले यसपछिका दिनमा क्रमश रुपमा गरेका प्रतिबद्धता कार्यन्वयन गर्दै जाने अध्यक्ष बिसीको भनाई छ । डिजिटल एक्सरे मेसिन पालिकाको अस्पतालमा राखेर संचालनमा ल्याईएपछि त्यस क्षेत्रका नागरिकहरुलाई निकै सहज हुने भएको छ । एक बर्ष अघि चुनावको समयमा चुनाव प्रचार प्रसारको क्रममा गाउँमा जादा अध्यक्ष बिसीले रेविज विरुद्धको खोप पालिकामै लगाउने वातावरण मिलाउने, पालिकाको शैक्षिक क्षेत्रको विकासका लागि विशेष अभियान संचालन गर्ने, पालिकामा १० शैयाको अस्पताल संचालन गर्ने, कृषि क्षेत्रको विकास गर्ने, विकास निर्माणका कामहरुहुने वेतिथी अन्त्य गर्ने, पालिकाको प्रशासनिक कामहरु एउटै भवन बाट संचालन गर्ने, पालिकामा भए गरेका गतिविधिका बारेमा जनता माझ जानकारी गराउने उदेश्यले पालिकामा रहेका ८ वटै वडामा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने जस्ता प्रतिबद्धताहरु जनाउनु भएको थियो । वडा न ४ का अध्यक्ष पदम बहादुर बिसीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बीमला कुमारी शाही, विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्यकर्मी सहित स्थानीयको सहभागिता रहेको त्यहाबाट जिबन न्यौपानले जानकारी दिनुभएको छ ।
पालिकामा एक बर्षको अवधिमा भए गरेका मुख्य उपलब्धीहरु
१, पालिकामा दुईवटा एम्बुलेन्स खरिदगरि हाल संचालनमा ल्याईएको ।
२, पालिका स्तरमा बृहत स्वास्थ्य शिविर संचालन गरि नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गरिएको ।
३, पालिकाकै विकट वडा वडा न १ रहफ र वडा न २ को भुलुमा रहेका दुईवटा विद्यालय कक्षा ११ सम्म संचालन गरिएको ।
४,शैक्षिक क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्नका लागि वृहत अभियान संचालन गरिएको ।
५, पालिकामा क्याम्पस संचालनका लागि आवश्यक प्रक्रृया अघि बढाइएको ।
६, पालिकामा कृषि क्षेत्रमा देखिएका समस्याहरु समाधानका लागि माटो परिक्षण गरिएको ।
८, सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि ८ वटै वडामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको ।




