टेक बहादुर थापा
अछाम, कार्तिक १३ ।
नेकपा एमाले पंचदेवल विनायक नगरकमीटीले तिहार छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । नगर कमिटी अध्यक्ष गोरख बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य यज्ञ बहादुर बोगटी प्रमुख अतिथि रहनुभएको थियोे ।
शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य कमल बहादुर रावल, सारदा कुवर , भिम बहादुर बिष्ट, जिल्ला अध्यक्ष चन्द्र बहादुर बोहरा , उपाध्यक्ष बल बहादुर कुवर , जिल्ला कमिटी सचिवालय सदस्य बखत बहादुर कडायत, शेर बहादुर बुढा, सुरेन्द्र कुमार शाही , जिल्ला सदस्य लक्ष्मी बोगटी, सिद्व प्रसाद ढुंगाना लगायतका नेताहरूको सहभागीता रहेको थियोे । उपाध्यक्ष खकेन्द्र जैशीको स्वागत मन्तव्य बाट सुरू भएको कार्यक्रमको संचालन नगर कमिटी सचिव बखत बहादुर शाहीले गर्नुभएको थियोे ।




