टेक बहादुर थापा
अछाम, कार्तिक २४ ।
नेकपा एमाले अछामले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । कार्तिक १९ गतेको लागि तय गरिएको कार्यक्रम जाजरकोट र रुकुम पश्यिममा गएको भुकम्पले ठुलो धनजनको क्षति गरेको भन्दै स्थगित गरिएको शुभकमना आदान प्रदान कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । एमाले अछामका अध्यक्ष चन्द्र बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा अछाम जिल्ला ईन्चार्ज लाल बहादुर थापा प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी थापाले पछिल्लो समयमा देशका प्रमुख राजनितिक दलहरुले यस्ता अवसरमा आयोजना गरेको कार्यक्रमले राजतिनितिक रुपमा एकता र सद्भाव बढाउने काम गरेको बताउनुभयो ।
एमाले पार्टी जहिले पनि यस्तै सृजनशिल र रचनात्मक कार्यहरु गर्ने पार्टी भएकाले यस कार्यक्रमले पनि अछाम जिल्लाका राजनितिक दलहरु विच जिल्लाका सझा सावलका विषयमा एकताबद्ध हुन प्रेणा प्रदान गर्ने विश्वाश ब्यक्त गर्नुभएको छ । पछिल्लो समयमा प्रमुख दलहरुको त्याग र बलिदानी बाट ल्याईएको अहिलेको ब्यवस्थाका विरुद्ध धावा बोल्ने र यो ब्यवस्थालाई कमजोर पार्ने सडयन्त्र भईरहेकाले प्रमुख दलहरु एक हुनुको विकल्प नरहेको बताउनुभयो । नेपालका दलहरुको अर्जुन दृष्टी देशको विकास र नागरिकले भोगी रहेका समस्या समाधान गर्न तर्फ हुनुपजर्नेमा जोड दिनुभएको छ । कार्यक्रममा बिशिष्ट अतिथीको आशनबाट बोल्दै एमाले केन्द्रिय सदस्य यज्ञ बहादुर बोगटीले समृद्ध अछाम निर्माणका लागि जिल्लामा कृयाशिल दलहरु एक ठाउमा आउन जरुरी रहेको बताउनुभयो । यस क्षेत्रको गरिबी र पछौटेपनको अन्त्य गर्नका लागि फरक विचार र आस्था भएका दलहरु विच एकता हुन आवश्यक रहेको र यस्ता चाड पर्वहरुले त्यो प्रेणा प्रदान गर्ने विश्वाश ब्यक्त गर्नुभएको छ ।
नेकपा एमालेका निवर्तमान प्रदेश कमीटी उपाध्यक्ष कमल प्रसाद तिमिल्सैनाले देश आर्थिक रुपमा कमजोर हुदा देशका नागरिकहरुले दुख्ख पाईरहेकाले अबको राजनिति नागरिकका पक्षमा गर्नुपर्नेमा जोड दिनुभएको छ । अहिले गाउँमा युवाहरु छैनन, बसाई सराईको कारणले पहाडी क्षेत्रका गाउँहरु खाली हुदैछन यस्तो अवस्थामा देशका राजनितिक दलहरु एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो । कार्यक्रममा प्रदेश कमीटी सदस्य चक्र बहादुर रावल, पदम बहादुर बुढा, भिम बहादुर जानाला, कमल रावल, पशुपति कुवँर,सारदा बिष्ट, भिम बहादुर बिष्ट, दुधकला बिष्ट, हेमा शाही, पंचदेवल बिनायक नगरपालिका प्रमुख अम्बीका चलाउने, उप प्रमुख हर्क बहादुर रावल, बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष बिन्दु रावल, तुर्माखाद गाउँपालिका उपाध्यक्ष बीमला कुमारी शाही, नेपाली काँग्रेसका जिल्ला सहसचिव दिनेश कुमार स्वाँर, माओवादी केन्द्रका कमल थापा, नेपाल मजदुर किसान पार्टीका जिल्ला अधयक्ष झंकर बहादुर शाही लगायतले शुभकमना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा शुभकमना मन्तव्य दिनुहुने अतिथि हरुले कार्यक्रमको प्रशंसा गर्दै अछामका साझा सवालमा यसरीनै अछाम जिल्लाका राजनितिक दलहरु एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । पार्टीका जिल्ला कमीटी उपाध्यक्ष बल बहादुर कुवँरको स्वागत मन्ब्य बाट सुरुभएको कार्यक्रमको संचालन पार्टीका जिल्ला कमीटी उप सचिव डम्बर बिसीले गर्नुभएको थियो ।




