रमिता बि क ,
मंसिर २ : राष्ट्रिय स्वतन्त्र पार्टी पञ्चदेवल विनायक नगरपालिका अन्तर्गत वडा नम्वर–२ को भेला आज सम्पन्न भएको छ ।
नगर सभापती तपेन्द्र रावलको संयोजकत्वमा भएको भेलामा जिल्ला उप संयोजक जिबन शाह, नगर सचिव रण बहादुर कडायत, उपसभापति कमल राज जैशी, राजेश साउँद, गोबिन्द अधिकारको उपस्थितिमा रकेको थियो ।
उक्त भएको भेलामा वडा समितिको सभापतिमाः अम्मर बहादुर बि. क. चयन हुनु भएको छ । त्यस्तै उपसभापतिमा लाल बहादुर धामी , सचिवमा लोकेन्द्र बहादुर साउद , कोषाध्यक्षमाः गोविन्द नेपाली चयन हुनुभएको छ ।
अन्य सदस्यहरुमा पहल नेपाली, प्रकाश बहादुर ढोली, लोकेश नेपाली, जनक न्यौपाने , जङ्गे आउजी, नेत्र बहादुर साउद, कटक बहादुर शाही र मंगल बहादुर चलाउने चयन हुनु भएको छ ।
वडामा शक्तिशाली पाटीको रूपमा स्थापित गराउने मुख्य उदेश्यले रास्वपाले वडा कमिटी गठनलाई राष्ट्रिय स्वतन्त्र पाटीले तिव्रता दिएको हो ।




