अछाम , मंसिर ४ ।नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदुरपश्चिम ईन्चार्ज छविलाल विश्वकर्माले नेकपा एमाले पार्टी यो देशको प्रमुख  राष्ट्रिय शक्ति भएको विभिन्न समयमा भएको घटना क्रमले पुष्टि गरिसकेको बताउनुभएको छ ।  अहिलेको विषम परिस्थितिमा देश र जनताको पक्षमा वकालत गर्ने पार्टी कोही छ भने त्यो नेकपा एमाले मात्रै भएको बताउनुभयो । नेकपा एमाले को लोकप्रियता देखेर  नेकपा एमालेलाई चौतर्फी घेराबन्दी पार्ने काम भएको भन्दै यस्ता जालझेलका विरूद्व नेकपा एमाले थप दृढ र एकताबद्ध भएर अघि बढ्ने नेता विश्वकर्माले बताउनुभयो । नेकपा एमाले अछामको तुर्माखादमा सम्पन्न १२ अौ बैठकलाई सम्बोधन गर्दै एमाले सचिव समेत रहनु भएका नेता विश्वकर्माले कुनै एक नेता र नेतृत्व बाट मात्रै पार्टी बलियो नहुने भएकाले एमालेमा आस्था र विचार राख्ने सबै कार्यकर्ताहरू संगठन निर्माणका लागि प्रतिबद्ध भएर लाग्न निर्देशन समेत दिनुभएको छ ।
संविधान निर्माणमा  निकै महत्त्वपूर्ण भुमिका खेलेको पार्टी नेकपा एमाले भएकोले यसको सहि कार्यनयनमा पनि उतिकै भुमिका खेलीरहेको बताउनुभयो । देश र जनताको ठुलो बलिदानि बाट प्राप्त अहिलेको व्यवस्थाका विरूद्व विभिन्न गतिविधि हुन थालेको भन्दै यस्ता अनैतिक गतिविधिका विरूद्व प्रमुख पार्टीहरू एक ठाउँमा आउनुपर्नेमा जोड दिनुभएको छ ।

नेता विश्वकर्माले पहाडको समस्याको पहिचान गरी समृद्धिको अभियान चलाउने, सामाजिक सदभाव र राष्ट्रिय एकता बलियो बनाउने र कम्युनिस्ट पार्टी स्थापनाको ७५औँ वर्ष प्रवेशका अवसरमा इतिहास स्मरण गर्दै विभिन्न सन्देश प्रवाह गर्ने उद्देश्यले मध्य पहाडी पदयात्रा अभियान सञ्चालन गरिएको जानकारी गराउनुभएको थियोे । एमाले अछामका अध्यक्ष चन्द्र बहादुर बोहराको अध्यक्षतामा सम्पन्न बैठकमा बोल्दै पार्टीका प्रदेश कमिटी अध्यक्ष कृष्ण प्रसाद जैशीले अछाम जिल्लामा एमाले पार्टीलाई थप सुदृढ बनाएर लैजानका लागि अर्को बिशेष अभियान संचालन गर्न आवश्यक रहेको बताउनुभयो । एमाले पार्टी अछाम जिल्लामा कमजोर नभई ब्यवस्थापन गर्न आवश्यक रहेको प्रदेश अध्यक्ष जैशीको भनाइ छ । बैठकमा प्रदेश कमिटी सचिव रण बहादुर चन्द, केन्द्रीय सदस्य एवं अछाम जिल्ला ईन्चार्ज लाल बहादुर थापा, केन्द्रीय सदस्य यज्ञ बहादुर बोगटी, प्रदेश कमिटी सदस्य शिव प्रसाद उपाध्याय, भिम जनाला, चक्र बहादुर रावल, भिम बहादुर बिष्ट सारदा कुवर बिष्ट , कमल रावल, दुधकला बिष्ट , हेमा शाही, बालगिरी कुवर, एमाले नेता बम बहादुर शाही लगायतका नेताहरूको सहभागीता रहेको थियोे । बैठकको संचालन एमाले अछामका सचिव भिम बहादुर रावलले गर्नुभएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय