टेक बहादुर थापा / हिक्मत नेपाली
तुर्माखाद , मंसिर ४ ।

नेकपा एमालेको जिल्ला कमिटी अछामको १२ औं बैठक जंगलघाटमा ३८ बुँदे बिशेष प्रस्ताव पारित गदैं सम्पन्न भएको छ । तुर्माखाँदमा मंसिर ३ गते सम्पन्न बैठकले पारित गरेका प्रस्तावहरु सोमबार जंगलघाटमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । बैठकले अछाम जिल्लाका १० वटै पालिकामा रहेका सार्वजनिक चासोका विषय सहित विकास निर्माणका योजनाहरुलाई आफ्नो विशेष प्राथामिकतामा राखेको छ । अछाम जिल्लाका महत्वपुर्ण आयोजनाहरु शिक्षा, स्वास्थ्य, पर्यटन, विद्युत, सडक लगायतका योजनाहरुको निर्माण कार्यलाई तिब्रता दिन सरकार सहित सम्बन्धित निकायलाई दाबाब सृजना गर्ने निर्णय गरेको छ ।

अछाम जिल्लाका १० वटै पालिकाहरुमा घुम्ती बैठक गर्ने निर्णय गरेको एमाले अछामले जंगलघाटको पक्की पुलको निर्माण कार्य तत्काल अगाडी बढाउन सरकार संग मागगर्ने प्रस्ताव पारित गरेको छ भने विगत लामो समय देखी माथिल्लो कर्णली जलविद्युत आयोजना भारतीय कम्पनी जीएमआरले विगत १५ बर्ष देखि ओगटी रहेको र आयोजनाको विकास सम्झौता भएको ९ बर्ष हुन लाग्दा समेत अझै निर्माण कार्यमा प्रगति नभएको हुदा उ क्त कम्पनी संगको सम्झौता तत्काल खारेजगरि नेपाल सरकारले उक्त आयोनाको काम आफै अगाडी बढाउनुपर्ने माग सरकार संग गर्ने निर्णय गरेको एमाले अछामका अध्यक्ष चन्द्र बोहराले बताउनुभयो । जंगलघाटमा पत्रकार सम्मेलन मार्फत निर्णयहरु सार्वजनिक गरेको पार्टीले तुर्माखाँद गाउँपालिका र ढकारी गाउँपालिकामा पर्ने वेतन कर्णली जलविद्युत आयोजना तत्काल निर्माण कार्य अगाडी बढाई निर्धारित समयमै आयोजना सम्पन्न गर्न सम्बन्धित निकायको ध्यानआकर्षण गर्ने, बेलखेत पुनेपाटा ढकारी बेनिघाट तथा मोटरकाटे ढकारी सडकको स्तरोन्नतीका लागि आवश्यक बजेट ब्यवस्था र निर्णय गर्न नेपाल सरकार संग माग गर्ने, तुर्माखाँद भैरवस्थापन, भुलु –रहफ सडक ग्राभेल गर्नुका साथै भुलुबाट रहफसम्मको सडक निर्माण कार्य अगाडी बढाउन माग गर्ने लगायतका महत्वपुर्ण निर्णयहरु गरेको छ । गैरिटाड, कमलबजार, बाँसकाडा सडक कालोपत्रे गर्न ठेक्का भईसकेकोमा सो कार्य तत्काल अगाडी बढाउन दबाब सृजना गर्ने र अछाम जिल्लाका खप्तड, रामारोशन, तितौडा, विनायक, पंञ्चदेवल, बैद्यनाथ, सुरैकोट लगायतका स्थलको विकास, संरक्षण र सम्बद्र्धन गर्न नेपाल सरकार सहित सम्बन्धित निकायक संग माग गर्ने निर्णय गरेको छ भने अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका , ढकारी गाउँपालिका र रामारोशन गाउँपालिकामा संचालनको लागि प्रकृयामा रहेका बहुमुखी क्यापसहरु संचालनका लागि आवश्यक प्रकृया अघि बढाई संचालनमा ल्याउन पहल गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने तथा जिल्ला भित्रका संचालित क्याम्पसहरुलाई आंगिक क्याम्पस बनाउन पहलगर्ने निणय गरिएको गरिएको एमाले अछामका सचिव भिम बहादुर रावलले जानकारी दिनुभएको छ ।

अछाम जिल्लाको स्वास्थ्य क्षेत्रमा अहिले पनि विभिन्न किसीमका समस्याहरु रहेकाले अछाम जिल्ला अस्पताल, बयालपाटा अस्पतालको स्तरोन्नती सहित कमलबजार र विनायकमा निर्माणधिन अवस्थामा रहेका अस्पतालहरुको निर्माण कार्यमा तिब्रता दिन दबाब सृजना गर्ने निर्णय गरेको छ । जिल्लाको एकमात्र सिटिईभिटी मार्फत संचालित मंगलसेन बहुप्राविधिक शिक्षालयको थप भौतिक संरचना निर्माणका लागि नेपाल सरकार, प्रदेश सरकार र सिटिईभिटि संग माग गर्ने निर्णय गरिएको पार्टीले जनाएको छ । सोही बैठकले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा कार्यक्रम सफल पार्नका लागि विभिन्न समितिहरु समेत गठन गरेको छ । जसमा पार्टी अध्यक्ष चन्द्र बोहराको संयोजकत्वमा अभियान मुल परिचालन समिति, उपाध्यक्ष बल बहादुर कवँरको संयोजकत्वमा आर्थिक ब्यवस्थापन उपसमिति, पार्टी सचिव भिम बहादुर रावलको संयोजकत्वमा जनपरिचालन उप समिति, उप सचिव डम्बर बिसी संयोजक र प्रेम बहादुर सह संयोजक रहनेगरि अतिथि सत्कार उप समिति, जिल्ला कमीटी सचिवालय सदस्य सचिवालय सदस्य रमेश कुवँरको संयोजकत्वमा आवास तथा खाद्य उपसमिति (साफेबगर) लिलाराज केसीको संयोजकत्वमा आवास तथा खाद्य उपसमिति (मंगलसेन) जिल्ला कमीटी सदस्य नरेश शाहीको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, कार्यालय सचिव पुस्प कठायतको संयोजकत्वमा मंच ब्यवस्थापन उपसमिति, झंकर प्रसाद भाटको संयोजकत्वमा यातायात ब्यवस्थापन उपसमिति, जिल्ला कमीटी सदस्य सिद्ध प्रसाद ढुंगानाको सयोजकत्वमा स्वास्थ्य ब्यवस्थापन उपसमिति समेत गठन गरेको छ । पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय सदस्य तथा अछाम ईन्चार्ज लाल बहादुर थापा, केन्द्रिय सदस्य यज्ञ बहादुर बोगटी, प्रदेश कमीटी दस्य शिव प्रसाद उपाध्याय, चक्र बहादुर रावल, कमल रावल, भिम बहादुर बिष्ट, पुर्व प्रदेश कमीटी सचिवालय सदस्य बम बहादुर बिसी लगायत जिल्ला कमीटीका पदाधिकारी तथा सदस्य लगायत सुर्खेत जिल्लाको पंञ्चपुरी नगरपालिका स्थानीय नागकिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन एमाले अछामका सचिव भिम बहादुर रावल (कालोटोपी) ले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय