हिक्मत बहादुर नेपाली
अछाम, मंसिर १६
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी बाहेक अन्य पार्टी बाट मुलुकमा विकास र समृद्धि सम्भव नभएको बताएनु भएको छ ।
मध्य पहाडी लोकमार्ग पदयात्राको क्रममा अछामको सदरमुकाम मंगलसेनमा आयोजित जन सभामा ओलीले अन्य पार्टीले विकास गर्नुको साटो वितण्डा मात्रै मच्चाएकोे बताउनु भयो । ओलीले आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी खटिन नेता कार्यकर्तालाई निर्देशन दिनु भएको छ ।
पहिले १ वर्षमा १० किलोमिटर सडक कालोपत्रे भइरहेको भन्दै ओलीले आफ्नो कार्यकालमा दैनिक ६ किलोमिटर सडक कालोपत्रे भएको दाबी गर्नु भयो ।
पछिल्लो समय देशमा अराजकता मच्चिरहेको उनले बताउनु भयो । नभएको राजतन्त्रको नाममा त्यस्ता तत्त्वहरू पनि टाउको उठाउन खोजेको ओलीको आरोप थियो । अछाममा उभिएर ओलीले सुदूरपश्चिम प्रदेशको महत्त्व निकै ठुलो भएको बताएका थिए । पहिलो सहिद बाकाबिर , किसान आन्दोलनमा रहेर सहिद भएका भीमदत्त पन्त लगायत थुप्रैको प्रसंशा गर्नु भएकोथियो ।
ओलीले मध्य पहाडी लोकमार्ग पदयात्रा विकास र समृद्धिको लागी प्रारम्भ गरिएको बताए । आफ्नो पालामा चुच्चे नक्सा जारी गरेका भन्दै ओलीले अहिलेको सरकारले कुरा गर्न पनि नसकेको बताउनु भयो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय