अछाममा आज देखि कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियान सञ्चालन गरिने भएको छ । खोप केन्द्र बाट आज फागुन २३ गते (आइतबार) देखि फागुन २५ गते सम्म खोप अभियान सञ्चालन गरिएको हो।

दोस्रो चरणमा अछामका  ५५ वर्ष माथिका सबैलाई खोप दिने  तयारी गरिएको बताइएको छ।

अछाम जिल्लामा फागुन २३ गतेबाट सुरु हुने दोस्रो चरणको कोरोना विरुद्धको खोप अभियान जिल्लाका सबै स्थानीय तहमा रहेका २ सय ५६ खोप केन्द बाट १४ हजार ४ सय ९०  जनसंख्या लाई खोप दिने तयारी रहेको जनाइएको छ। दोस्रो चरणको लक्षित समूहका लागि सम्बन्धित खोप केन्द्रमा खोप पुगाउने प्रवन्ध समेत मिलाइएको  स्वास्थ्य कार्यालय अछामका  प्रमुख  झनक राज ढुगाना ले बताए।

दोस्रो चरणको खोप अभियान  पहिलो चरणमा छुटेका लक्षित समुहका व्यक्तिलाई समेत खोप लगाइने बताइएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय