
रुपन्देही । तीन खेलाडीले अर्धशतक हानेको खेलमा सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई २ सय ७८ रनको बलियो लक्ष्य दिएको छ । सिद्धार्थ रंगशाला भैरहवामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ७७ रन बनायो ।
सुदूरपश्चिमका ओपनर खडक बोहराले ८० र अर्का ओपनर टेक रावतले ५९ रन जोडे । किरण ठगुन्ना ३३ बलमा ५ चौका र २ छक्कासहित ५० रनमा रन आउट भए । कर्णालीका दीनेश अधिकारी, युनिस सिंह, प्रकाश जैसी र दीपेन्द्र रावतले १(१ विकेट लिए । २ सय ७८ रनको लक्ष्यसहित कर्णाली प्रदेश जवाफी ब्याटिङमा उत्रिएको छ ।