काठमाडौं । सुनको मूल्य माघ दोस्रो हप्ता स्थिर छ। आइतबार, सोमबार र मंगलबार उही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअनुसार छापावाल सुन १ लाख १८ हजार ४ सय, तेजाबी सुन १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको हो। यता चाँदीको मूल्य भने २० रुपैयाँले घटेको छ। योसँगै मंगलबार १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको छ।
आइतबार र सोमबार भने चाँदी १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो।




