अछाम ,माघ ९ ।
अछाममा सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा साँफेबगर नगरपालिका प्रथम भएको छ । साँफेबगर नगरपालिकाले ५ स्वर्ण, ७ रजत र ५ कास्य गरी १६ अकं प्राप्त गरेको छ । प्रतियोगितामा दोस्रो पञ्चदेवल विनायक नगरपालिकाले ५ स्वर्ण, २ रजत र ७ कास्य गरी १४ अंक प्राप्त गरेको छ । तेस्रो भएको मेल्लेख गाउँपालिकाले ४ स्वर्ण, २ रजत गरी गरी ६ अंक प्राप्त गरेको गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केशर खड्काले जानकारी दिनुभएको छ ।
यस्तै चौथो भएको चौरपाटी गाउँपालिकाले ४ स्वर्ण, २ रजत र ७ कास्य गरी १४ अंक प्राप्त गरेको छ । मंगलसैन नगरपालिकाले ३ स्वर्ण, ३ रजत र ३ कास्य गरी १३ अंक, कमलवार नगरपालिकाले २ स्वर्ण, २ रजत र ४ कास्य गरी ८ अंक प्राप्त गरेको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।
यस्तै रामारोशन गाउँपालिकाले १ स्वर्ण, ६ रजत र २ कास्य गरी ९ अंक, वान्नीगढी गयगढ गाउँपालिकाले १ स्वर्ण २ रजत गरी ३ अंक, तुर्माखाँद गाउँपालिकाले १ स्वर्ण, २ रजत र २ कास्य गरी ५ अंक र पुछारमा रहेको ढकारी गाउँपालिका भने स्वर्ण विहिन भएको छ । उसले २ कास्य मात्रै प्राप्त गरेको छ।
१४ र्औ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड माघ ६ गतेबाट सुरु भएर आज सम्पन्न भएको हो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा साँफेबगर नगरपालिका प्रथम भएपछि कुराकानी गर्दै नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले प्रतियोगितामा खेलाडीहरुलाई अनुशासित भएर राम्रो खेल प्रदर्शन गरेकोमा धन्यवाद दिनुभएको छ । उहाँले अव प्रदेश स्तरमा हुने खेलमा नगरपालिकाबाट उत्कृष्ट प्रर्दशनको लागि सहयोग हुने बताउनुभयो । उहाँले नगर क्षेत्रमा सम्भावना वोकेका खेलाडीहरुको खोजि गर्ने समेत बताउनुभएको छ । source Radio Janapriya

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय