काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ क्रिकेट विश्वकपअन्तर्गतको सुपर सिक्समा भारतले नेपालविरुद्ध अहिले ब्याटिङ गरिरहेको छ । टस जितेर पहिले ब्याटिङ गरिरहेको भारतले २५ ओभरमा ३ विकेट गुमाएर १२६ रन बनाएको छ ।

भारतका आदर्श सिंह २१ रन, आर्शिन कुलकर्नी १८ रन तथा प्रियान्सु मोलियाले १९ रन बनाउँदै आउट भए भने कप्तान उदय साहारण २५ रन तथा सचिन दास ३८ रनमा अविजित छन् । नेपालका लागि गुल्सन झा र आकाश चन्दले १-१ विकेट हत पारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय