अछाम जिल्लामा कार्यरत नब सिडियो रुद्र मल्लले आफनो बायोमै लेख्नु भएको छ, “Cheif District officier, Aasham” र हालै केही सरकारि अफिसरहरु सँगै अछाम जिल्लाका विभिन्न भू-भागहरुको फोटो पोष्ट गर्दै आदरणीय सिडियो साप लेख्नु हुन्छ,” interaction &monitoring program in assam” त्यत्रो अग्रेजी लेख्दा पनि एउटा लेटर नबिगार्ने बोद्दिक मान्छे अछाम लाई किन बारम्बार आसाम,आसाम लेखिरहनु हुन्छ ? हेर्दा कुरो सामान्य जस्तो लाग्ला तर यो सामान्य कुरो भने होइन १ यो सामन्तवादको एउटा उदाहरण हो १ नाम एउटै भए पनि, मुखियाको छोरोलाई हर्कबहादुर गरिबकाे छोरोलाई हर्के भने जस्तै हो, यो ।अछाम यो शब्द त्यति गाह्र्रो पनि होइन र त्यति नराम्रो पनि छैन । तर, यो देशको साईकोलजीमै प्रोबलम छ। नत्र देशी बिदेशी नामहरु याद गर्न सक्ने ले जाबो एउटा शब्द याद गर्न सक्दैन जीन्दगीभर नेपाली समाज पढेर,लोक सेवा पास गरेर, त्यहि समाजको लागि काम गरि रहेकाहरु एउटा सजिलो शब्द याद राख्न किन सक्दैनन यो अरु केही होइन, यो हामी प्रतिको उपेक्षा हो, दुव्र्यवहार हो, हेय दृष्टिकोण हो जुन अस्वीकार्य छ, अस्वभाविक छ यदि, यहि सिलसिला चलिरहने हो भने, पहिले कानमा तातो तेल हालेर त्यस पछि आसाम होइन सर अछाम हो भन्नू पर्ने दिन नआवसोस?