काठमाडौं । अमेरिकाको एक अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्म्पलाई वित्तिय अपराधमा ३६ करोड डलरको जरिवाना हुने फैसला सुनाएको छ । बीबीसीका अनुसार न्यूओर्कको अदालतले ट्रम्पलाई धेरै वर्ष पुरानो एक मुद्दामा यो सजाय सुनाएको हो ।
ट्रम्पमाथि बैंक र अन्य संस्थानबीच वित्तीय विवरणमा गड्बडी गरेको आरोप थियो । यसले ट्रम्पको सम्पत्ति बढेको थियो । यो सँगै ट्रम्पमाथि तीन वर्षसम्म न्यूओर्कका कुनै पनि कर्पोरेशनमा निर्देशको पदमा बस्न समेत अदालतले रोक लगाएको छ ।
ट्रम्प अहिले अमेरिकाको आगामी राष्ट्रपतिय निर्वाचनमा रिपब्लिकनको प्राइमरी दौडमा अगाडी छन् । अदालतको फैसलापछि ट्रम्पले न्यायाधीशमाथि आक्रोश पोखेका छन् । उनले ‘एउटा गलत नियत भएको न्यायाधीशले यो फैसला सुनाएको’ भन्दै पुरै देशका लागि दु:खको दिन भनेका छन्।




