दार्चुला:  दार्चुलामा भीरबाट लडेर एक प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी जवान सुवान चौधरीको प्रहरी कार्यालय पछाडी रहेको भीरबाट लडेर सोमबार बिहान साढे ११ बजेतिर मृत्यु भएको हो । अन्दाजी ३० बर्षीय प्रहरी जवान चौधरीको घर कैलालीको कैलारी गाउँपालिका रहेको बताइएको छ ।

प्रहरी हिरासतमा रहेका महाकाली नगरपालिका–१ का २३ वर्षिय उमेश कुवरलाई अस्पताल लैजान खोज्दा  हतकडी सहित भागेपछि उनलाई छोप्ने क्रममा लडेर टाउकोमा गम्भिर चोट लागेको र असपताल लग्ने क्रममा चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरि निरिक्षक ज्ञानेन्द्र सिंहले जानकारि दिए ।

हतकडी सहित भाग्ने खोज्ने कुवरलाई अहिले प्रहरीले  नियन्त्रणमा लिसकेको छ । कुवर यस अघि माघ ७ गते दुई जना प्रहरीमाथि चक्कु प्रहार गरी फरार भएका थिए । फरार रहेका उनलाई प्रहरीले फागुन २० गते महाकाली नगरपालिका–४ पुलघाट क्षेत्रबाट पक्राउ गरेको थियो ।

आफ्नि श्रीमती धनिशा कुँवरलाई घरमा बन्धक बनाई कुटपिट गर्ने गरेको भन्दै प्रहरीमा उजुरी आएपछि माघ ७ गते सामुदायिक प्रहरी केन्द्र बांगाबगरबाट प्रहरी टोली कुँवरको घर गएको थियो ।  घरमा पुगेका प्रहरी हवल्दार जय बहादुर खड्का र प्रहरी जवान डम्बर ठगुन्ना माथि कुँवरले चक्कु प्रहार गरी घाइते बनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय