सुदूरपश्चिम प्रदेशमा क्षयरोग अन्त्यका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै विश्व क्षयरोग दिवसको अवसरमा दुईजना स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले प्राध्यापक डा. सुभेषराज कायस्थ र स्वास्थ्य कार्यालय अछामका क्षय कुष्ठ निरीक्षक देव जोशीलाई सम्मान गरेको हो ।
सरकारको क्षयरोग अन्त्यको रणनीतिमा सहयोग पुर्याएकाले केन्द्रले उनीहरुलाई सम्मान गरेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ अधिकृत मनोज ओझाले जानकारी दिनुभयो ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले गरेको सम्मानले आफूहरुलाई काम गर्न थप हौसला मिलेको स्वास्थ्य कार्यालय अछामका क्षयकुष्ठ निरीक्षक देव जोशीले बताउनुभयो । विश्व क्षयरोग दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । संकेत समयको क्षयरोगको अन्त्यको भन्ने मूल नाराका साथ दिवस मनाइएको हो ।