हिक्मत बहादुर नेपाली
अछाम , जेठ १२ ।
अछाम जिल्लाको ढकारी गाउँपालिका वडा नं ७ ढङ्गाचाल्लामा एक पुरुष मृत अवस्थामा फेला परेका छन । आज विहान ८ बजे ढुङ्गाचाल्ना देखि तल्थारा जाने कच्चि सड्क खण्डको कुच्चिकोट भिरबाट करिब तीन सय मिटर तल लडेको अवस्थामा शव फेला परेको ढकारी गाँउपालिका वडा नं ६ का वडा अध्यक्ष प्रकाश बहादुर थापाले जानकारी दिनु भयो ।
निज मृतक दैलेख जिल्लाको ठाटिखाद गाउपालिका वडा नं २ हुईता बस्ने अन्दाजी ६५ बर्षका पुरा शाही रहेको प्रहरी चौकि ढुङ्गाचाल्ना अछामले बताएको छ ।
मृत अवस्था भेटिएका शाही ससुराली घर ढकारी गा.पा. ६ ढुङ्गाचाल्ना बस्ने निजको मृतकको सालो नाता पर्ने तपेन्द्र शाहीको घरमा अस्ति आएका थिए । हिजो राति मेला हेर्न गएको अवस्थामा भिर बाट लडी मृत्यु भएको भनि निज मृतकको सालो तपेन्द्र शाहीले सनाखत गरि जानकारी गराएको अछाम प्रहरीले बताएको छ । थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय कमलबजार बाट प्रहरी नावय निरीक्षक भिम बहादुर शाहीको कमाण्डमा ४ जनाको टोली घट्ना स्थलको लागि खटिएको अछाम प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय