हिक्मत बहादुर नेपाली
अछाम, कात्तिक ०६ ।
पोङ्ग्रा फुटबल क्लब आसबिस दैलेखले आयोजना गरेको फुटबल प्रतियोगीमा तिलेपाटा दैलेखको दिपेन्द्र स्मृती फुटबल क्लब प्रथम भएको छ । यसै गरि कमलबजार नगरपालिकाको केवाईसि युवा क्लबले द्धितिय स्थान हासिल गर्न सफल भएको छ । प्रथम हुने टिमले ८० हजार र दोश्रो हुने टिमले ५० हजार नगद पुरुस्कारका साथै मेडल कप का साथै प्रमाणपत्र प्राप्त गरेका छन । द्धितिय हुने टिम केवाईसि क्लबका खेलाडी लाई आज एक कार्यक्रमका बिच कमलबजार नगरपालिकाले खादा र अविर लगायर स्वागत तथा सम्मान गरेको छ । खेलाडीको हौसला प्रदान गर्न सम्मान गरिएको कमलबजार नगरपालिकाका नगरउपप्रमुख शारदा कुमारी बिष्ट कुँवरले बताउनु भयो । सम्मान कार्यक्रममा कमलबजार नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष, पालिकाका प्रमुख प्रशासकिय अधिकृत बिषय शाखाका प्रमुख, कमलबजार खेलकुद बिकास समितीका अध्यक्ष धिरज बहादुर रावत लगायतको सहभागीता रहेको थियो । कमलबजार नगरपालिकाको प्रांगणमा उपस्थित विभिन्न व्यक्तिले खेलाडी लाई अविर लगायर सम्मान गर्दै बधाई दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय