हिक्मत बहादुर नेपाली
अछाम, कात्तिक १० ।
कमलबजार नगरपालिकाको आयोजनामा दोश्रो खुल्ला उपमेयर फुटबल प्रतियोगिता २०८१ आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । कमलबजार नगरपालिकाका नगर उपप्रमुख शारदा कुमारी बिष्ट कुँवरको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी संविधान सभाका सदस्य भरत कुमार साँउद रहनु भएको थियो ।
प्रमुख अतिथीको आशन बाट बोल्दै साँउद खेलकुद क्षेत्रको बिकासका लागी पालिकाले आयोजना गरेको खुल्ला फुटबल प्रतियोगीताले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो । साथै प्रतियोगिता आयोजना गरेकोमा पालिकालाई धन्यवाद समेत व्यक्त गर्नु भयो ।
यस्तै कार्यक्रमका बिशिष्ट अतिथी तुर्माखाद गाँउपालिकाका पुर्व अध्यक्ष पुष्प राज शर्माले गौरवको योजनाको रुपमा रहेको चौकेगडा खेलकुद मैदानको स्तर उन्नती तथा बाँकी रहेका संरचना बनाउन तर्फ संघिय तथा प्रदेश सरकार संग समन्वय गरेर अगाडी बढ्नु पर्ने रहने बताउनु भयो ।
खेलकुदको उदघाटन कार्यक्रमका कमलबजार नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष वडा सदस्य पुर्व जनप्रतिनिधी, ईलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक हर्ष बहादुर चन्द्र, विभिन्न संघ संस्थाका प्रतिनिधी, राजनितिक दलका प्रतिनिधी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रध्यानाध्यापक , प्रशिक्षक खेलाडी सञ्चारकर्मी लगायतको उपस्थिीती रहेको थियो । कमलबजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्टको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन विरेन्द्र तिमिल्सैनाले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय