अछाम, माघ १० । अछामको मंगलसेन नगरपालिकाले बयालपाटा अस्पताललाई ५ लाख सहयोग गरेको छ । यस आर्थिक बर्षमा बिनियोजित अनुदान बजेट मार्फत ५ लाख सहयोग गरिएको नगरपालिकाले जनाएको छ । बयालपाटा अस्पतालले यस क्षेत्रका नागरिकलाई निशुल्क गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गरिरहेको भन्दै सहयोग गरिएको नगर प्रमुख पदम बहादुर बोहराले बताउनु भयो । नगर प्रमुख बोहराका अनुसार गत बर्ष पनि अस्पताललाई सहयोग गरिएको र आउने बर्षमा पनि नगरको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउननु भयो । मंगलसेन नगरपालिकाका बाट ५ लाख प्राप्त भएको बयालपाटा अस्पतालका बित्त प्रबंधक चन्द्र प्रसाद चौलागाईले पुष्टी गर्नुभयो । यस अघि बयालपाटा अस्पतालमा आर्थीक अभावका कारण सेवा अवरुद्ध भएको खबर बाहिरिए पछी विभिन्न निकायले सहयोग गरिरहेका छन । मंगलसेन नगरपालिकाले जिल्ला अस्पताललाई पनि ५ लाख बजेट छुट्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय