हिक्मत बहादुर नेपाली
अछाम माघ ३० ।
अछामको कमलबजार नगरपालिका अन्तर्गत विपद  व्यवस्थापन शाखा लाई वाक नेपालले विपदका घटना पश्चात खोज तथा उद्वारका लागि आवश्यक पर्ने सामाग्री हस्तान्तरण गरेको छ ।
विपदका घटना पश्चात खोज तथा उद्धारका कार्यमा सहज होस उदेश्यले ९८ हजार ८ सय ५२ रुपैयाँ मुल्य बराबरका सामाग्री हस्तान्तरण गरिएको हो ।
विपदका घठना पश्चात् खोज तथा उद्धारका लागि आवश्यक पर्ने फस्टएड बक्स, सेप्टी हेल्मेट, बुट, रेस्क्यु भेष्ट, गोल्व्स, स्टेचर, पिक मेटोक हेन्डेल, क्वबार, स्वभेल, नाईलन रोप(डोरी), ह्यामर बकेट लगायत १३ प्रकारका सामाग्री पालिकाको विपद व्यवस्थापन शाखालाई जनप्रतिनिधिको रोहवरमा हस्तान्तरण गरिएको छ ।
हस्तान्तरण कार्यक्रममा कमलबजार नगरपालिकाका उपप्रमुख शारदा बिष्ट कुँवर, कमलबजार नगरपालिका वडा नं २ का अध्यक्ष दिर्घा टमट्टा, निमित्त प्रमुख प्रशासकिय अधिकृत टंक बहादुर भण्डारी, विपद व्यवस्थापन शाखा प्रमुख विरेन्द्र तिमिल्सैना, वाक नेपालका तर्फबाट संस्थाका कर्मचारी आरती कुँवर र दिनेश विक लगायतको उपस्थिति रहेको थियोे ।
सामाग्री हस्तान्तरण पश्चात् नगर उपप्रमुख शारदा बिष्ट कुँवरले संस्थाले हस्तान्तरण गरेका सामाग्रीको  उचित प्रयोग हुने बताउनुभयो । साथै खोज तथा उद्वारका सामाग्री हस्तान्तरण गरेकोमा वाक नेपाललाई धन्यवाद व्यक्त गर्नुभयो ।
सामाग्री हस्तान्तरण गर्ने वाक नेपाल संस्थाका कर्मचारी दिनेश विकले पालिकामा विभिन्न विपदका घटनामा खोज तथा उद्वार कार्यका लागि सहज होस भन्ने उदेश्यले सामाग्री हस्तान्तरण गरिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय