हिक्मत नेपाली
अछाम माघ १ ।
अछामको कमलबजार नगरपालिका वडा न‌ २,३, ४ र ५ बजुडा, बयाला, चलसा र कुइँका का युवाहरूलाई आत्मनिर्भर गराउन विभिन्न प्रकारका सिपमुलक कार्यक्रम संचालन गर्दै आएको छन ।
वडाहरूले विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था संगको समन्वयमा युवा लक्षित कार्यक्रम संचालन गर्दै आएको हो । एक कार्यक्रमका बिच वडा अध्यक्ष दीर्घा टमट्टा, नन्दसिंह कुँवर ,मिन बहादुर साउद र सत्यराज तिमिल्सैनाले क्रमस कमलबजार नगरपालिका वडा नं २ मा २ जना , वडा नं ३ मा २ जना, वडा नं ४ मा १ जना र वडा नं ५ मा ३ जना युवालाइ प्रविधिका सामाग्री हस्तान्तरण गरेका छन । वर्ल्ड भिजन इ. नेपालको आर्थिक सहयोग र वाक नेपालको संयुक्त साझेदारीमा सञ्चालित एकिकृत उत्थानशील जीविकोपार्जन तथा पोषण परियोजना अन्तरगत वडा कार्यालयको समन्वयमा ४ जनालाइ काठ चिर्ने चेम्स मेसिन र ४ जनालाई मकै छोडाउने (cornshellar) मेसिन हस्तान्तरण गरिएको वाक नेपालको ( INRL-TP) परियोजना का फिल्ड परिचालक दिनेश बि क ले जानकारी दिनुभय‍‍ो ।
कमलबजार नगरपालिका वडा नं २ का गणेश खड्का, वडा नं ३ का राम बहादुर भूल र वडा नं ५ लोकराज देवकोटा, डम्बर भुल लाई काठ च्यात्ने मेसिन र कमलबजार नगरपालिका वडा नं २ का नामसरा बिष्ट, वडा नं ३ का तुला कुमारी बि सी , वडा नं ४ का जनिका साउँद र वडा नं ५ का कमल उपाध्याय लाई मकै छोडाउने प्रविधिका सामाग्री हस्तान्तरण गरिएको उहाँले बताउनु भयो । यस्ता कार्यक्रमले युवाहरुलाइ स्वदेशमै रोजगारी सिर्जना हुने र आत्मनिर्भर बन्न सक्ने उनको विश्वास छ । यस कार्यक्रममा वाक नेपाल ( INRL-TP) का प्रोग्राम अफिसर आरती कुँवर, फिल्ड परिचालक पुरन बहादुर चलाउने र दिनेश बि क लगायतको सहभागीता रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय